मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

इरानले शान्ति प्रस्ताव अस्वीकार गरे पुनः आक्रमण गर्ने अमेरिकाको चेतावनी

इरानले नाकाबन्दीको पालना गरेनन् भने अमेरिकाले बल प्रयोग गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः संयुक्त राज्य अमेरिकाले बिहीबार इरानमाथि हवाई आक्रमण पुनः सुरु गर्ने चेतावनी दिएको छ ।

तेहरानले मध्यपूर्वमा युद्ध अन्त्य गर्ने सम्झौता स्वीकार गर्न अस्वीकार गरे इरानमाथि नौसैनिक नाकाबन्दी गरिने पनि चेतावनी दिएको छ ।

पाकिस्तानको सेनाका प्रभावशाली प्रमुखले तेहरानमा इरानका शान्ति वार्ताकारहरूको भ्रमण गरेपछि यो चेतावनी आएको हो ।

पाकिस्तानी सेनाका कमाण्डर फिल्ड मार्शल असिम मुनिरले गत हप्ता पाकिस्तानमा भएको पहिलो अमेरिका–इरान बैठकमा इरानी प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएका इरानी संसदका सभामुख मोहम्मद बाघेर गालिबाफसँग भेट गरेको समाचार इरानको सरकारी टेलिभिजनले प्रशारण गरेको थियो ।

अमेरिकी रक्षा मन्त्री हेगसेथले अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, “यदि इरानले ‘गलत निर्णय’ गर्छ भने अमेरिकाले नाकाबन्दी गर्नेछ र पूर्वाधार र ऊर्जा संरचनालाई ध्वस्त पार्नेछ ।”

यसैबीच, ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेविटले पत्रकारहरूलाई पाकिस्तानी राजधानीमा थप वार्ता हुने सम्भावना रहेको बताउनुभएको छ।

“ती छलफलहरू भइरहेका छन्,” लेविटले भन्नुभयो, “हामी सम्झौताको सम्भावनाको बारेमा राम्रो महसुस गर्दछौँ ।”

वाशिङ्टनले नयाँ वार्ताको अपेक्षा गरे पनि अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी कायम राख्ने र अस्थायी युद्धविरामले दिएको दुई हप्ताको समय प्रयोग गरी आफ्ना सेनालाई पुनः शस्त्रीकरण गर्ने चेतावनी दिएको छ ।

अमेरिकी सेनाका शीर्ष अधिकारी जनरल डान केनले नौसैनिक नाकाबन्दी इरानको बन्दरगाहमा जाने वा त्यसबाट आउने सबै जहाजमा लागू हुने बताउनुभएको छ।

उहाँले भन्नुभयो, “यदि उनीहरूले यो नाकाबन्दीको पालना गरेनन् भने हामी बल प्रयोग गर्नेछौँ ।” एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार