मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

युरेनियम पुनःप्राप्ति कठिन हुने ट्रम्पको चेतावनी

आफ्नो युरेनियम भण्डार हस्तान्तरण गर्ने कुनै योजना नरहेको इरानको स्पष्टोक्ति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

वासिङ्टन, ८ वैशाख । आणविक संरचनामाथिको सैन्य हस्तक्षेपपछि उत्पन्न अवस्था र युरेनियम पुनःप्राप्तिको जटिलताले अमेरिका–इरानबीचको रणनीतिक द्वन्द्व अझै लम्बिने सङ्केत देखिएको छ ।

इरानको आणविक संरचनामाथि गरिएको अमेरिकी आक्रमणपछि त्यहाँको समृद्ध युरेनियम पुनः प्राप्त गर्नु जटिल र दीर्घ प्रक्रिया हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको छ । उहाँको यो अभिव्यक्तिले इरानको आणविक कार्यक्रममाथि जारी तनावबीच थप अनिश्चितता र रणनीतिक चुनौती उजागर गरेको छ ।

ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममार्फत ‘अपरेसन मिडनाइट ह्यामर’ लाई इरानका आणविक स्थलहरूको पूर्ण विनाशको रूपमा चित्रण गर्नुभयो । उहाँका अनुसार ती संरचनाहरू ध्वस्त पारिएपछि त्यहाँ रहेको सामग्री पुनः उत्खनन गर्नु अब ‘लामो र गाह्रो प्रक्रिया’ बन्न पुगेको छ ।

अमेरिकी राष्ट्रपतिले इरानको समृद्ध युरेनियमलाई जनाउन ‘आणविक धुलो’ भन्ने शब्द बारम्बार प्रयोग गर्दै आउनुभएको छ । यो शब्दावलीले तेहरानले आणविक हतियार निर्माणका लागि युरेनियम भण्डारण गरिरहेको भन्दै अमेरिकाले इरानमाथि लगाउँदै आएको आरोपलाई सङ्केत गर्छ । साथै, उहाँले कहिलेकाहीँ गत वर्ष जुनमा इरानका आणविक केन्द्रहरूमा गरिएको अमेरिकी बम आक्रमणपछि बाँकी रहेको अवशेषलाई पनि यही शब्दबाट व्याख्या गर्ने गर्नुभएको छ ।

इरानले भने आफ्नो युरेनियम भण्डार हस्तान्तरण गर्ने कुनै योजना नरहेको स्पष्ट पारिसकेको छ । तर ट्रम्पले अन्ततः उक्त भण्डार अमेरिकी नियन्त्रणमा आउने दाबी दोहोर्‍याउनुभएको छ ।

इरानको आणविक कार्यक्रमलाई इजरायलले ‘अस्तित्वकै खतरा’ का रूपमा व्याख्या गर्दै आएको छ । यही सन्दर्भमा संयुक्त राज्य अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि संयुक्त सैन्य आक्रमण सुरु गरेका थिए । उक्त आक्रमणले क्षेत्रीय तनावलाई तीव्र बनाएको थियो ।

इजरायली अधिकारीहरूका अनुसार गत वर्ष जुनमा १२ दिनसम्म चलेको युद्धपछि इरानले आफ्नो आणविक हतियार कार्यक्रमलाई अझ तीव्र बनाउने प्रयास गरेको थियो । सो युद्ध इजरायलको पहलमा सुरु भएको थियो, जसमा अमेरिकाले समेत सहभागिता जनाउँदै इरानका तीनवटा प्रमुख आणविक केन्द्रहरूमा बम आक्रमण गरेको थियो । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार