बैसाख २३, २०८३ बुधबार May 6, 2026

संसद् समन्वय बोर्ड बैठक : सुशासन र सेवा प्रवाह सुधारका लागि सकारात्मक

नीतिगत निर्णयहरू एकमुष्ट रूपमा संसदीय दललाई उपलब्ध गराउने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पाटन (ललितपुर), २२ वैशाखः नेपाली कांग्रेस संसद् समन्वय बोर्डको बैठकले सुशासन र सेवा सुधारका लागि सरकारले चालेका कदमप्रति सकारात्मक रहने निर्णय गरेको छ ।

पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको संसद् समन्वय बोर्डको बैठकले सुशासन र सेवा प्रवाह सुधारका लागि सरकारले गरेका निर्णयप्रति सकारात्मक रहने निर्णय गरेको पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो ।

कांग्रेसले सङ्घीय संसद्को आगामी अधिवेशन र वर्तमान राजनीतिक परिस्थितिमा पार्टीको भूमिका प्रभावकारी बनाउन सङ्घीय संसद्मा पार्टीको उपस्थितिलाई थप सशक्त, एकताबद्ध र प्रभावकारी बनाउन केन्द्रीय कार्यसमिति तथा कार्यसम्पादन समितिले गरेका नीतिगत निर्णयहरू एकमुष्ट रूपमा संसदीय दललाई उपलब्ध गराउने निर्णय गरेको कार्यवाहक मुख्यसचिव दुलालले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राजनीतिक आडमा कब्जा शेरा दरबारको जग्गा फिर्ता ल्याउन मन्त्रालय नै बाधक
२०८३ बैसाख २३, बुधबार
कांग्रेसद्वारा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा नयाँ सदस्य मनोनयन (सूचीसहित)
२०८३ बैसाख २३, बुधबार
आजको मौसमः कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीमा वर्षाको सम्भावना
२०८३ बैसाख २३, बुधबार
‘रवि जोगाउने’ प्रतिनिधिसभा नियमावलीमा कांग्रेस असन्तुष्ट
२०८३ बैसाख २३, बुधबार
बलवा नगरपालिकामा वैशाख २८, २९ र ३० गते खोप सेवा सञ्चालन गरिँदै
२०८३ बैसाख २३, बुधबार
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
२०८३ बैसाख २३, बुधबार
अनधिकृत लिङ्क नखोल्न आग्रह
२०८३ बैसाख २३, बुधबार