बैसाख २५, २०८३ शुक्रबार May 8, 2026

स्ट्रेट अफ होर्मुजकाे नाकाबन्दी, दक्षिण कोरिया पुग्यो तेल ट्यांकर

विस्फोट र आगलागीबाट क्षतिग्रस्त भएको दक्षिण कोरियाली जहाज एचएमएम नामु दुबई बन्दरगाह पुगे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सोल । स्ट्रेट अफ होर्मुज पार गरेर गएको एउटा तेल ट्याकर दक्षिण कोरिया पुगेको छ । इरानले स्ट्रेट अफ होर्मुजमा नाकाबन्दीका लगाइरहँदा नाकाबन्दी पार गरेर दक्षिण कोरिया पुग्ने यो पहिलो ट्यांकर हो । समाचार संस्था एएफपीका अनुसार माल्टाकने झण्डा बोकेको ओडेसा नाम गरेको जहाज शुक्रबार बिहान दक्षिण कोरियाको सिओसान तट नजिकैको मुरिङ क्षेत्रमा पुगेको देखिएको हो ।

उक्त ट्यांकरमा करिब १० लाख ब्यारेल कच्चा तेल रहेको बताइएको छ। अमेरिका–इजरायल र इरानबिचको युद्धका कारण विश्वव्यापी तेल आपूर्ति प्रभावित भइरहेका बेला यो आपूर्तिले दक्षिण कोरियाको ऊर्जा सुरक्षाको चिन्ता केही कम हुने अपेक्षा गरिएको छ ।

उद्योग स्रोतहरूका अनुसार उक्त कच्चा तेल प्रशोधनपछि पेट्रोल र डिजेलजस्ता इन्धन उत्पादनका रूपमा घरेलु बजारमा आपूर्ति गरिनेछ । स्रोतका अनुसार ओडेसाले अप्रिल १७ मा नाकाबन्दी केही समयका लागि खुकुलो भएका बेला होर्मुज जलडमरूमध्य पार गरेको थियो ।

यसैबीच, योन्ह्याप न्यूज एजेन्सीले विस्फोट र आगलागीबाट क्षतिग्रस्त भएको दक्षिण कोरियाली जहाज एचएमएम नामु दुबई बन्दरगाह पुगेको जनाएको छ ।सोमबार विस्फोट भएपछि उक्त जहाजलाई तानेर दुबई ल्याइएको थियो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया