बैसाख २६, २०८३ शनिबार May 9, 2026

कङ्गोको द्वन्द्वग्रस्त क्षेत्रमा नागरिक असुरक्षा बढ्दो

सुनखानीका लागि परिचित माम्बासामा मार्च महिनाको मध्यदेखि यता कम्तीमा १३० जना नागरिक मारिएका छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

संयुक्त राष्ट्रसङ्घ, वैशाख २६ गते । संयुक्त राष्ट्रसङ्घका महासचिवका उपप्रवक्ताले मानवीय मामिला समन्वय कार्यालयलाई उद्धृत गर्दै पछिल्ला तीन दिनमा इटुरी र उत्तर किभु क्षेत्रमा कम्तीमा ३४ जना सर्वसाधारणको ज्यान गएको जानकारी दिनुभएको छ ।

इटुरी प्रान्तका इरुमु र माम्बासा क्षेत्रमा मङ्गलबारदेखि बिहीबारसम्म भएका आक्रमणमा कम्तीमा १५ जना नागरिकको मृत्यु भएको बताइएको छ । हिंसापछि धेरै स्थानीयवासी उत्तर किभुका छिमेकी गाउँतर्फ विस्थापित हुन बाध्य भएका छन् ।

त्यसैगरी, उत्तर किभुको ओइचा क्षेत्रमा सशस्त्र समूहद्वारा गरिएको आक्रमणमा मङ्गलबार र बुधबार गरी कम्तीमा १९ जना नागरिकको ज्यान गएको जनाइएको छ । स्थानीय स्रोतका अनुसार धेरै नागरिक खेतमा काम गरिरहेका बेला आक्रमणमा परेका थिए भने केही व्यक्ति अझै सम्पर्कविहीन रहेका छन् ।

सुनखानीका लागि परिचित माम्बासामा मार्च महिनाको मध्यदेखि यता कम्तीमा १३० जना नागरिक मारिएका छन् भने ५०० भन्दा बढी व्यक्तिलाई अपहरण गरिएको बताइएको छ । हिंसाका कारण ६८ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् ।

साथै, बेनी र लुबेरो क्षेत्रमा ३ लाख १० हजारभन्दा बढी नागरिक घर छोड्न बाध्य भएका छन् । संयुक्त राष्ट्रसंघले हाल विस्थापित नागरिकको अवस्था तथा आवश्यकताको मूल्याङ्कन भइरहेको जनाएको छ । साथै, द्वन्द्वरत सबै पक्षलाई सर्वसाधारणमाथिका आक्रमण तत्काल रोक्न तथा अन्तर्राष्ट्रिय मानवीय कानुनको पूर्ण पालना गर्न आग्रह गरेको छ । रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन
२०८३ बैसाख २६, शनिबार
कङ्गोको द्वन्द्वग्रस्त क्षेत्रमा नागरिक असुरक्षा बढ्दो
२०८३ बैसाख २६, शनिबार
सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान
२०८३ बैसाख २६, शनिबार
बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श
२०८३ बैसाख २६, शनिबार
विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा
२०८३ बैसाख २६, शनिबार
नेपालगन्ज १० म्युजिक नाइट रनमा सेनाका अक्कल र धादिङकी सन्तोषी च्याम्पियन
२०८३ बैसाख २६, शनिबार
बर्डफ्लुले ५० लाखको क्षति: अनुसन्धान फार्मका सबै पन्छी नष्ट
२०८३ बैसाख २६, शनिबार