असार १०, २०८३ बुधबार June 24, 2026

सङ्गीत रोयल्टीको आधार पुनरावलोकन गर्न माग

विगतमा तोकिएका सङ्गीत रोयल्टीका आधार र दरको वैज्ञानिक पुनरावलोकन गर्नुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २७ वैशाखः सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपाल, रेडियो ब्रोडकास्टर्स फोरम (आरबीएफ) नेपाल र ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान)ले विगतमा तोकिएका सङ्गीत रोयल्टीका आधार र दरको वैज्ञानिक पुनरावलोकन गर्नुपर्ने माग गरेका छन् ।

ती सङ्घसंस्थाले आजोजना गरेको संयुक्त भेलाबारे विज्ञप्तिमार्फत सार्वजनिक गर्दै रेडियोहरूको खस्कँदो आर्थिक अवस्था र दिगोपनाको चुनौतीलाई मध्यनजर गरी विगतमा तोकिएका सङ्गीत रोयल्टीका आधार र दरको वैज्ञानिक पुनरावलोकन गर्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।

भेलाले भक्तपुर एफएमका सञ्चालकमाथि यही वैशाख २५ गतेका दिन सङ्गीत रोयल्टी सङ्कलन समाजका नाममा फौजदारी अभियोग लगाई गरिएको धरपकडको घटनाप्रति आपत्ती जनाएको छ । संवाद चलिरहेकै बेला धरपकड र मुद्दामामिलाले श्रष्टा र एफएम रेडियोहरूबीचको सम्बन्धमा दरार पैदा गरेकाले सो कार्य तत्काल रोक्न माग गरेको छ ।

ऐन, कानुनको गलत व्याख्या गरी, व्यापारिक एजेन्ट परिचालन गरी, रेडियोकर्मी र सञ्चालकलाई अपराधी करार गर्दै फौजदारी मुद्दा लगाउने, धरपकड गर्ने कार्य बन्द गर्नुपर्ने र प्रतिलिपि अधिकार ऐन, २०५९ ऐनको दफा २७ को दुरुपयोग गरी दफा २५ को देवानी विषयलाई फौजदारी बनाएर त्रसित पार्ने कार्य बन्द गर्न भेलाको माग छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा महाधिवेशन : ९ मन्त्री केन्द्रीय सदस्यको चुनावी मैदानमा
२०८३ असार १०, बुधबार
विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट, भोलि सुनुवाइ
२०८३ असार १०, बुधबार
प्रभावकारी सेवा प्रवाहका लागि नयाँ ढाँचा
२०८३ असार १०, बुधबार
इरान-अमेरिका सहमतिलाई गालिबफले भने ‘अमेरिकाको पराजय’
२०८३ असार १०, बुधबार
नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउँदै कांग्रेस
२०८३ असार १०, बुधबार
पनामालाई हराउँदै क्रोएसियाको नकआउट सम्भावना कायम
२०८३ असार १०, बुधबार
कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड
२०८३ असार १०, बुधबार