बैसाख ३०, २०८३ बुधबार May 13, 2026

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

राष्ट्रियसभाको अर्को बैठक यही वैशाख ३१ गते बिहीबार बिहान ११ः१५ बजे बस्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ३० वैशाख : राष्ट्रियसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने भएको छ ।

सभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले नीति तथा कार्यक्रममाथि सांसदहरूले धारणा राख्ने क्रम नसकिएकाले आगामी बैठकमा समेत छलफल जारी रहने जानकारी गराउनुभयो ।

राष्ट्रियसभामा आजदेखि नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ भएको हो । बैठकमा सांसदहरू किरणबाबु श्रेष्ठ, झक्कुप्रसाद सुवेदी, प्रेमप्रसाद दङ्गाल, मोहम्मद खालिद, तुलप्रसाद विश्वकर्मा, नारायणदत्त मिश्र, घनश्याम रिजाल, सम्झना देवकोटा, दुर्गा गुरुङ, सुरेश आलेमगर र सोमनाथ पोर्तेलले आआफ्नो धारणा राख्नुभयो ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्दै आर्थिक वर्ष २०८३/०८४ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही वैशाख ३१ गते बिहीबार बिहान ११ः१५ बजे बस्नेछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया