बैसाख ३०, २०८३ बुधबार May 13, 2026

गगनले गरे कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन

तारामान गुरुङको संयोजकत्वमा बन्यो केन्द्रीय अनुशासन समिति गठन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, वैशाख ३० गते ।  नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन भएको छ ।

कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार पार्टी सभापति गगनकुमार थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा ९७० बमोजिम गठन भएको केन्द्रीय अनुशासन समिति पुनर्गठन गर्नुभएको हो ।

कांग्रेसका केन्द्रीय सदस्य तारामान गुरुङ संयोजक रहनुभएका उक्त समितिका सदस्यमा धना अतिवडा, रमेशप्रसाद धमला, बजरङ्ग नेपाली सदस्य रहनुभएको छ ।

यसअघि २०८२ माघ २५ गते कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गुरुङको संयोजकत्वमा केन्द्रीय अनुशासन समिति गठन गर्ने निर्णय गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया