जेठ ७, २०८३ बिहिबार May 21, 2026

सन् २०२५ मा प्रत्येक १४ मिनेटमा एक जनाको मृत्यु : राष्ट्रसङ्घ

गत वर्ष विश्वभरका १८ वटा क्षेत्रमा भएका द्वन्द्वमा चिकित्सा सेवामा एक हजार ३५० भन्दा बढी आक्रमण रेकर्ड गरेको उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

न्युयोर्क, जेठ ७ गते । सन् २०२५ मा विश्वभरका द्वन्द्व क्षेत्रमा प्रत्येक १४ मिनेटमा एक जना सर्वसाधारणको मृत्यु भएको सयुक्त राष्ट्रसङ्घले जनाएको छ । जसमा बालबालिका, तथा आम नागरिक, उनीहरूको घर, कार्यस्थल, विद्यालय, सडकलगायतका क्षेत्रमा सुरक्षाको खोजीमा भाग्ने प्रयास गर्दा मृत्यु बरण गरेको उल्लेख गरिएको छ ।

विभिन्न क्षेत्रमा राखिएका विस्फोटक हतियारले मानविय जीवन मात्र नभइ पावर ग्रिड, पानी सञ्जाल, विद्यालय र अस्पताल जस्ता अत्यावश्यक संरचना नष्ट गरेको ओसिएइचएका लागि क्राइसिस रेस्पोन्स डिभिजनका निर्देशक एडम वोसोर्नुले सशस्त्र द्वन्द्वमा नागरिकको सुरक्षा विषय सुरक्षा परिषदलाई जानकारी दिँदै बताउनुभएको छ ।

उहाँले नागरिक द्वन्द्वमा लक्षित नभए पनि द्वन्द्वको प्रत्यक्ष सिकार हुने गरेको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घले गत वर्ष विश्वभरका १८ वटा क्षेत्रमा भएका द्वन्द्वमा चिकित्सा सेवामा एक हजार ३५० भन्दा बढी आक्रमण रेकर्ड गरेको उल्लेख गरेको छ । संयुक्त राष्ट्रसङ्घका अधिकारीले सन् २०२५ मा द्वन्द्वले निम्त्याएको बढ्दो भोकमरी सङ्कटलाई पनि औंल्याउँदै, करिब १४ करोड ७० लाख मानिसले तीव्र खाद्य असुरक्षाको सामना गरिरहेका बताएका छन् ।

पछिल्लो समयमा अनिकाल तथा खाद्य असुरक्षाका विभिन्न घटना पुष्टि भएको उल्लेख गर्दै खानाको अभावका कारण मात्र नभई द्वन्द्वरत पक्षको शत्रुताको कारण मानवीय सहायता वितरणमा अवरोध सिर्जना गर्नले यस्तो अवस्था आएको बताउनुभएको छ । रासस/क्यूएनए

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अफ्रिकी राष्ट्रमा इबोलाको प्रकोपपछि चौथो भारत अफ्रिका शिखर सम्मेलन स्थगित
२०८३ जेठ ७, बिहिबार
कोसी प्रदेशको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
२०८३ जेठ ७, बिहिबार
विश्वका ९० देशका पत्रकार बेइजिङमा
२०८३ जेठ ७, बिहिबार
सन् २०२५ मा प्रत्येक १४ मिनेटमा एक जनाको मृत्यु : राष्ट्रसङ्घ
२०८३ जेठ ७, बिहिबार
जसपा नेपाल मधेस प्रदेश संसदीय दलको नेतामा यादव चयन
२०८३ जेठ ७, बिहिबार
संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलद्वारा राजनीतिक दलका नेताहरुसँग छलफल
२०८३ जेठ ७, बिहिबार
प्रतिनिधिसभाः तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत
२०८३ जेठ ७, बिहिबार