जेठ ९, २०८३ शनिबार May 23, 2026

अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारतमा

रुबियोले क्वाडका लागि आएका-अष्ट्रेलिया, भारत, जापान र संयुक्त राज्य अमेरिकाका विदेश मन्त्रीको बैठकमा पनि सहभागी हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कोलकाता, जेठ ९ गते । अमेरिकी विदेशमन्त्री मार्को रुबियो शनिबार पहिलो पटक भारत भ्रमणमा आउनु भएको छ । चीनसँग भएको शिखर सम्मेलनको एक हप्तापछि उहाँ भारत आउनुभएको हो । रुबियोले भारतको कोलकाताबाट आफ्नो चार दिने, भारत भ्रमण सुरु गर्नु भएको छ ।

जहाँ उहाँले स्वर्गीय मदर टेरेसाको मिसनरीज अफ च्यारिटीको मुख्यालयको भ्रमण गर्ने कार्यक्रम तय भएको जनाइएको छ । यो कार्यक्रमपछि रुबियो नयाँ दिल्ली जाने र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने अमेरिकी विदेश विभागले जनाएको छ । रुबियोले क्वाडका लागि आएका-अष्ट्रेलिया, भारत, जापान र संयुक्त राज्य अमेरिकाका विदेश मन्त्रीको बैठकमा पनि सहभागी हुने जनाइएको छ ।

यसैबिच चीनले भने लामो समयदेखि क्वाडमाथि शङ्का गर्दै आएको छ । यस अघि अमेरिकी राष्ट्रपति ट्रम्पले गत हप्ता चीनको राजकीय भ्रमण गर्नुभएको थियो जहाँ उहाँले केहि घोषणा तथा सम्झौता गर्नु भएको थियो भने राष्ट्रपति सी जिनपिङबाट प्राप्त स्वागतको प्रशंसा गर्नुभएको थियो । भारतसँग घनिष्ठ सम्बन्धको वकालत गरिरहेका रुबियोले पत्रकारसँगको साक्षातकारमा यो भ्रमण आफ्नो जीवनको पहिलो भारत भ्रमण हुने बताउनुभएको छ ।

रूबियोसँग उहाँकी श्रीमती जेनेट पनि भारत भ्रमणमा आएको जनाइएको छ भने उनीहरुले भारतको आगरामास्थित प्रेमको विश्व प्रसिद्ध स्मारक ताजमहलको भ्रमण गर्ने कार्यक्रम तय भएको जनाइएको छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
युक्रेनी ड्रोन आक्रमणले रूसी तेल डिपोमा आगलागी : मेयर
२०८३ जेठ ९, शनिबार
लुम्बिनीका मुख्यमन्त्री आचार्य र बेलायतीमन्त्री मल्होत्राबीच भेटवार्ता
२०८३ जेठ ९, शनिबार
नेपालमा मृत्यु हुनुकाे प्रमुख कारण नसर्ने रोग
२०८३ जेठ ९, शनिबार
मदन भण्डारीका विचार समयअनुकूल विस्तार गर्न युवालाई विद्यादेवी भण्डारीको आह्वान
२०८३ जेठ ९, शनिबार
लामो दूरीका सार्वजनिक सवारी साधनमा अबदेखि यात्रुको लगेजमा ट्याग
२०८३ जेठ ९, शनिबार
मिर्चेयामा निःशुल्क महिला स्वास्थ्य स्क्रिनिङ, सयौं लाभान्वित
२०८३ जेठ ९, शनिबार
ट्रम्पको नयाँ अध्यागमन नीतिले विदेशी नागरिकमा त्रास
२०८३ जेठ ९, शनिबार