जेठ ९, २०८३ शनिबार May 23, 2026

बेनी-जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध

बेनीदेखि मुस्ताङ र जोमसोमदेखि बेनीतर्फ आउँदै गरेका सवारी साधनहरु बीच बाटोमै रोकिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

म्याग्दी, जेठ ९ गते । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड अवरुद्ध भएको छ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा आज साँझ रूख ढलेर ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सम्पर्कविच्छेद भएको हो । सडक अवरुद्ध हुँदा बेनीदेखि मुस्ताङ र जोमसोमदेखि बेनीतर्फ आउँदै गरेका सवारी साधनहरु बीच बाटोमै रोकिएका छन् ।

स्थानीयवासीका साथै मुस्ताङ घुम्न तथा मुक्तिनाथ दर्शनमा जाने आउने पर्यटक र तीर्थयात्रीहरू प्रभावित भएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाले सडक विभागका उपकरण, सुुरक्षाकर्मी र मजदुुर परिचालन गरेर अवरुद्ध सडक खुलाउन पहल भइरहेको जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बेनी-जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध
२०८३ जेठ ९, शनिबार
ऊर्जामन्त्री श्रेष्ठद्वारा स्युचाटारस्थित विद्युत् भार प्रेषण केन्द्रको निरीक्षण
२०८३ जेठ ९, शनिबार
अन्तर्राष्ट्रिय महिला भलिबल : किर्गिस्तानमाथि नेपालको ३-० को जित
२०८३ जेठ ९, शनिबार
अहिलेसम्मका परिवर्तनकारी आन्दोलनमा युवाको उल्लेखनीय योगदान छ – मुख्यमन्त्री शाह
२०८३ जेठ ९, शनिबार
१५औं महाधिवेशन तयारीमा कांग्रेस : नुवाकोटमा सदस्यता अध्यावधिक अभियान सुरु
२०८३ जेठ ९, शनिबार
जुम्लामा स्वास्थ्य बीमा नवीकरण गर्नेको सङ्ख्या घट्यो
२०८३ जेठ ९, शनिबार
इबोला सङ्क्रमीत मुलुकबाट अमेरिका प्रवेशमा प्रतिवन्द
२०८३ जेठ ९, शनिबार