जेठ १२, २०८३ मंगलबार May 26, 2026

प्रतिनिधिसभाः विकास निर्माणका लागि समानुपातिक बजेटको माग

दुरदराजमा सूचना प्रविधिको पहुँच विस्तारका लागि सरकारले ध्यान दिनुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १२ जेठः प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा भाग लिने विभिन्न दलका सांसदहरूले विकास निर्माणका लागि समानुपातिक बजेट विनियोजन हुनुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका स्मृति सेन्चुरीले दोलखामा पर्यटकीय गतिविधि कम भएको, ऐतिहासिक जिरी पदमार्ग इतिहासमा सीमित भएको र अत्यावश्यक सेवा लिन दुर्गम क्षेत्रका बासिन्दालाई कठिनाइ भएको बताउनुभयो । सोही पार्टीका प्रकाश पाठकले सन्तान प्राप्त हुन नसकेका दम्पतीका लागि सहज उपचार पद्धति विकास गरिनुपर्ने बताउनुभयो ।

रास्वपाकै मधुकुमार चौलागार्ईंले काभ्रे क्षेत्र नं १ का सडक बाटोहरू कालोपत्र हुन नसकेको विषयमा ध्यानाकर्षण गराउनुभयो । रास्वपाका बुद्धिप्रसाद पन्तले वीरगञ्ज सहर राज्यलाई कर दिन अगाडि रहे पनि विकास निर्माणका पछि परेकाले त्यहाँको रङ्गशाला र नारायणी प्रादेशिक अस्पतालको पूर्वाधार विकासमा ध्यान दिन माग गर्नुभयो ।

सोही पार्टीका नरेन्द्र साह कलवारले भूमिहीन सुकुमवासीले अझैसम्म लालपुर्जा पाउन नसकेको गुनासो गर्नुभयो । सोही पार्टीका प्रमोदकुमार महतोले आधिकारिक निर्णयविना वन कार्यालयका प्रतिनिधि बस्तीमा पुगेर घर भत्काइने चेतावनी दिइएकामा चिन्ता व्यक्त गर्नुभयो । सोही पार्टीका सुजाता तामाङले तापक्रम बढेर हिमाल निरन्तर पग्लँदा विपद्को जोखिम बढेकोतर्फ ध्यानाकर्षण गराउनुभयो ।

रास्वपाकै जनकसिंह धामीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पीडित नागरिकहरू आफ्नै देशमा शरणार्थी हुन परेको गुनासो गर्नुभयो । सोही पार्टीका बोधनारायण श्रेष्ठले धादिङमा निर्वाचन क्षेत्र १ र २ का केही पालिकालाई समावेश गरेर बृहत् पर्यटकीय क्षेत्र बनाउन खोजेकाले बजेट विनियोजन गर्न माग गर्नुभयो ।

सोही पार्टीका ज्ञानेन्द्रसिंह महताले विशिष्ट व्यक्तिको सुरक्षाका नाममा धेरै सुरक्षाकर्मी खटाउन नहुने सुझाव दिनुभयो । रास्वपाकै प्रशान्त उप्रेतीले मकवानपुरको मध्यवर्ती क्षेत्रका किसानको मानवीय र बाली संरक्षण चुनौतीपूर्ण भएको बताउनुभयो ।

रास्वपाको बदनकुमार भण्डारीले संविधानमा माध्यमिक तहसम्म निःशुःल्क शिक्षा भनिए पनि निजी क्षेत्रमा जथाभावी शुल्क लिएकामा राज्यले टुलुटुलु हेरेर बस्न नमिल्ने टिप्पणी गर्नुभयो । सोही पार्टी विधुशी राणाले मुलुकमा आत्मनिर्भर अर्थतन्त्र बनाउन माग गर्नुभयो । रास्वपाका विश्वराज पोखरेलले ‘भिजिट नेपाल २०८५’ लाई सफल बनाउन ओखलढुङ्गाको पोकली झरनालगायत महत्वपूर्ण क्षेत्रमा पर्यटकीय विकास गर्न आग्रह गर्नुभयो ।

नेपाली कांग्रेसका सीता थपलियाले निर्माण सामग्रीको मूल्य निरन्तर वृद्धि हुँदा आयोजनाहरू प्रभावित हुनाका साथै निर्माण उद्योग प्रभावित भएकामा ध्यानाकर्षण गराउनुभयो । सोही पार्टीका गीताकुमारी सेन्दाङले अहिले पनि महिलाहरु दाइजो र हिंसाको सिकार भइरहेको बताउनुभयो ।

नेकपा (एमाले) का मोहम्मद इस्तियाक राईले भारतीय सीमा पारिबाट सर्वसाधारणले दैनिक जीवनका लागि ल्याउने सामान र कोसेलीसमेत भन्सार नाकामा सुरक्षाकर्मीले रोक्ने कार्य मानवीय हुन नसक्ने टिप्पणी गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवराज दुलालले स्थानीय तहमा हस्तान्तरण गरिएको वित्तीय समानीकरणको रकम कटौती नगर्न सङ्घीय सरकारसँग आगह गर्नुभयो ।

श्रम संस्कृति पार्टीका आरेन राईले प्रतिनिसभा नियमावलीको भावना र मर्मबमोजिम प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने माग गर्नुभयो । सोही पार्टीका ध्रुवराज राईले बाँदर आतङ्कका कारण किसान समस्यामा परेकाले बाँदरलाई के गर्ने भनेर छलफल हुनुपर्ने बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका खुश्बु ओलीले सरकारले बनाएको संविधान संशोधन कार्यदलले आफ्नो पार्टीले उठाउँदै आएको सनातन हिन्दू राष्ट्रलगायतका मुद्दाबारे ध्यान दिइयोस् भन्नुभयो ।

स्वतन्त्र सांसद महावीर पुनले दुरदराजमा सूचना प्रविधिको पहुँच विस्तारका लागि सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
२०८३ जेठ १२, मंगलबार
प्रतिनिधिसभाः विकास निर्माणका लागि समानुपातिक बजेटको माग
२०८३ जेठ १२, मंगलबार
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा पुनः डा. श्रीकृष्ण गिरी
२०८३ जेठ १२, मंगलबार
६ करोड मूल्य बराबरको भेपसहित एक जना खिचापोखरीबाट पक्राउ
२०८३ जेठ १२, मंगलबार
प्रधान सेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सम्पन्न
२०८३ जेठ १२, मंगलबार
नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन शुरु
२०८३ जेठ १२, मंगलबार
भेडा बिक्री गरेर मौरीपालन
२०८३ जेठ १२, मंगलबार