मंग्सिर २, २०८३ बुधबार November 18, 2026

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण

तनाव र संवाद ठप्प रहेको पृष्ठभूमिमा उत्तर कोरियाको आणविक महत्वाकांक्षालाई लिएर क्षेत्रीय अस्थिरता बढ्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सियोल, जेठ १२ गते । उत्तर कोरियाले मङ्गलबार आफ्नो पश्चिमी तटबाट अज्ञात क्षेप्यास्त्र समुद्रतर्फ प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । यो पछिल्लो गतिविधिलाई उत्तर कोरियाको निरन्तर जारी हतियार परीक्षण शृङ्खलाको अर्को कदमका रूपमा हेरिएको छ ।

दक्षिण कोरियाको ज्वाइन्ट चिफ्स अफ स्टाफले जारी गरेको संक्षिप्त सूचनामा प्रक्षेपणको विस्तृत विवरण भने दिइएको छैन । प्रक्षेपणको प्रकार, दूरी वा क्षमताबारे तत्काल कुनै प्राविधिक जानकारी सार्वजनिक नगरिएको जनाइएको छ । यसअघि अप्रिल १९ मा उत्तर कोरियाले गरेको मिसाइल परीक्षणपछि यो नयाँ प्रक्षेपण भएको हो ।

त्यस बेला उत्तर कोरियाले धेरै छोटो दूरीका क्षेप्यास्त्र प्रहार गरेको थियो, जसलाई राज्य सञ्चार माध्यमले क्लस्टर बम वारहेड प्रदर्शनको रूपमा वर्णन गरेको थियो । उत्तर कोरियाली नेता किम जोङ उन सन् २०१९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको आणविक वार्ता असफल भएपछि देशको आणविक तथा क्षेप्यास्त्र क्षमताको विस्तारमा केन्द्रित रहनुभएको छ ।

राष्ट्रपति ट्रम्पले भने किमसँग पुनः वार्ता गर्न इच्छुकता व्यक्त गर्नुभएको भए पनि प्योङयाङले अमेरिकी प्रस्तावलाई बेवास्ता गर्दै आएको छ र वार्ताका लागि उत्तर कोरियाको आणविक निःशस्त्रीकरणको सर्त त्याग्न आग्रह गर्दै आएको छ । यसबिच किमले दक्षिण कोरियाप्रति अझ कडा नीति अपनाउनुभएको छ । उहाँले दक्षिण कोरियालाई आफ्नो देशको ‘स्थायी र सबैभन्दा शत्रुतापूर्ण शत्रु’ का रूपमा चित्रण गर्नुभएको छ । यसले कूटनीतिक सम्बन्ध थप जटिल बनेको सङ्केत गरेको छ ।

तनाव र संवाद ठप्प रहेको पृष्ठभूमिमा उत्तर कोरियाको आणविक महत्वाकांक्षालाई लिएर क्षेत्रीय अस्थिरता बढ्दै गएको विश्लेषण गरिएको छ । यता दक्षिण कोरियामा पनि रक्षा नीति र सैन्य आधुनिकीकरणबारे छलफल तीव्र भएको देखिन्छ । उत्तर कोरियाको पछिल्लो प्रक्षेपण दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले मन्त्रिपरिषद् बैठकमा देशको रक्षा क्षमतालाई मजबुत बनाउन आह्वान गरेको केही घण्टापछि भएको हो ।

उहाँले कृत्रिम बौद्धिकता (एआई), ड्रोन प्रविधि तथा आणविक-सञ्चालित पनडुब्बीको सम्भावित विकासमा जोड दिनुभएको छ, जुन विषय संयुक्त राज्य अमेरिकासँगको कूटनीतिक छलफलमा पनि समावेश भएको बताइएको छ । राष्ट्रपति लीले उत्तर कोरियाको नाम नलिई सुरक्षा चुनौतीबारे सामान्य रूपमा टिप्पणी गर्दै देशले आफ्नो सुरक्षा आफैँ सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । उहाँका अनुसार यस्तो आत्मनिर्भर रक्षा दृष्टिकोणले दक्षिण कोरिया–अमेरिका गठबन्धनलाई पनि थप सुदृढ बनाउने छ । रासस/एपी 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपियल : काठमान्डुलाई ६१ रनले हराउँदै चितवन दोस्रो क्वालिफायरमा
२०८३ मंग्सिर २, बुधबार
डा. मुकुल ढकाल र निशा डाँगीको लगनगाँठो कसिने पक्का
२०८३ मंग्सिर २, बुधबार
विशेषज्ञ चिकित्सक अभावमा चौतारा अस्पतालको सेवा प्रभावित
२०८३ मंग्सिर २, बुधबार
गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा कुनै बहाना नगर्न मुख्यमन्त्री भट्टको आग्रह
२०८३ मंग्सिर २, बुधबार
राप्रपाको महाधिवेशन नेतृत्व चयनमा मात्र सीमित हुनुहुँदैन : ज्ञानेन्द्र शाही
२०८३ मंग्सिर २, बुधबार
टेलिफोन पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थाको चाँडै अन्त्य हुन्छ : सञ्चारमन्त्री डा. तिमिल्सिना
२०८३ मंग्सिर २, बुधबार
उपाध्यक्ष पौडेलद्वारा एमाले नेतृत्वको सरकारका उपलब्धि प्रस्तुत
२०८३ मंग्सिर २, बुधबार