जेठ १४, २०८३ बिहिबार May 28, 2026

हमासका सैन्य नेता मुहम्मद ओदेहको मृत्यु भएको इजरायलको दावी

इजरायलले कारबाही बढाए पछि दक्षिणी लेबनानमा आफ्नो आक्रमण जारी राखेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तेल अविव, १३ जेठ (रासस /एएनआई) : इजरायली रक्षा बलले गाजामा हमासको सैन्य बलको नयाँ नेता तथा अक्टोबर –७ को नरसंहारको मुख्य योजनाकार मुहम्मद ओदेहको इजरायली आक्रमणमा मृत्यु भएको दावी गरेको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षामन्त्री इजरायल काट्जको निर्देशनमा भएको अपरेसनमा ओदेहको मृत्यु भएको इजरायली प्रधानमन्त्री कार्यालय (पीएमओ) ले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेको छ ।

ओदेहले अक्टोबर –७ को नरसंहारको समयमा हमासको गुप्तचर स्टाफको प्रमुखको रूपमा सेवा गरेको र दुई हप्ता अघि मात्र सैन्य प्रमुखको रुपमा नियुक्त गरिएको जनाइएको छ ।
ओदेह धेरै इजरायली नागरिक र आईडीएफ सैनिकहरूको हत्या, अपहरण र घाइतेको घटनाको लागि पनि जिम्मेवार रहेको जनाइएको छ ।

बेन्जामिन नेतान्याहूले सामाजिक सञ्जाल एक्समा सन् २०२३ अक्टोबर –७ को नरसंहारमा संलग्न सबैलाई हटाउने प्रतिवद्धता पुष्टि गर्नु भएको छ ।

यसै बीच, इजरायलले कारबाही बढाए पछि दक्षिणी लेबनानमा आफ्नो आक्रमण जारी राखेको अल जजिराले जनाएको छ । दुई वटा हवाई आक्रमण बुर्ज राहलमा भएको थियो, भने टायर जिल्लाको कवथरियात अल–रुजमा शक्तिशाली आक्रमण भएको रिपोर्ट गरिएको थियो । इजरायली सेनाले श्रीफा सहरमा दुईवटा र टायर जिल्लाको बुर्ज राहलमा एउटा हवाई आक्रमण गरेको जनाएको छ । अस–सवाना सहर मर्जायुन जिल्लाको कब्रिखामा छापा मारेको अल जजिराले जनाएको छ ।

मङ्गलबार दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणमा ३१ जनाको मृत्यु हुनुका साथै ४० जना घाइते भएको अल जजीराले जनाएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार सेनालाई हेजबुल्लाह विरुद्ध अझै कडा अपे्रसन सञ्चालन गर्न निर्देशन दिनु भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालमा ‘क्यान्सर’को औषधिमा प्रयोग गरिने कच्चा पदार्थ उत्पादन : निर्यात समेत थालनी
२०८३ जेठ १४, बिहिबार
महाकाली नदीमा सेनाको विपद् अभ्यास
२०८३ जेठ १४, बिहिबार
कांग्रेसको राष्ट्रिय दायित्व : विपुल पाेख्रेल
२०८३ जेठ १४, बिहिबार
पौवादुङमामा तीन सय किसानलाई हातेट्याक्टर
२०८३ जेठ १४, बिहिबार
सुन चाँदीको मूल्यमा भारी गिरावट
२०८३ जेठ १४, बिहिबार
समतामूलक समृद्ध राज्य निर्माण नै गणतन्त्रको मूल मर्म र धर्म हो : रास्वपा सचेतक, प्रकाशचन्द्र परियार (अन्तवार्ता)
२०८३ जेठ १४, बिहिबार
विविधताबीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँछः राष्ट्रपति पौडेल
२०८३ जेठ १४, बिहिबार