भाद्र ९, २०८३ मंगलबार August 25, 2026

रोजगार व्यवसायी संघमा लोकतान्त्रिक समुहले एकलाैटी बाजी मार्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्वका लागि मंगलबार सम्पन्न भएको निर्वाचनमा लोकतान्त्रिक समूहले पुरै प्यानलमा बिजयी भएको छ । संघको मंगलबार सम्पन्न २७ औं साधारणसभा पश्चात भएको निर्वाचनमा लोकतान्त्रिक समुहका बिष्णुप्रसाद गैरेको प्यानल विजयी भएको हो ।

संघको अध्यक्षमा गैरेले ३३० मत ल्याएर विजय भएका थिए भने उनका प्रतिद्धन्दी प्रगतिशील समूहका सरोजकुमार पोखरेलले २८२ मत ल्याएका थिए । यसैगरी संघको प्रथम द्धितीय र तृतीय उपाध्यक्षमा क्रमशः कमल तामाङ, कमल देब मल्ल र किशोरकुमार के.सी, विजयी भएका छन् । यसैगरी महासचिवमा सुजित श्रेष्ठ,  सचिवमा निलकमल मेघनाथ भुर्तेल र कोषाध्यक्षमा इन्दिरा गुरुङ विजयी भएकी छिन् ।

यसैगरी संघको सदस्यपदहरूमा  क्रमशः कर्णराज कटुवाल, दिनेश कुमार राय (राहुल), सुरेन्द्र अर्याल, हर्कबाहादुर लिम्बु, बिजय लामा, वावुलाल मगर नरेन्द्र, केशवराज न्यौपाने, छविलाल भटराई, लक्ष्मण पौडेल विजयी भएका छन् ।

२७ औं साधारणसभा अघिसम्म प्रगतिशिल समुहले बिजयीभइरहेको पुरानो बिरासत भत्काउदै लोकतान्त्रिक समूहले रोजगार व्यवसायी संघको इतिहासमै पहिलो पटक पुरै प्यानल जित हासिल गरेको हो । संघको नेतृत्वका लागि मंगलबार सम्पन्न चुनावमा ६५८ मतदाता रहेकोमा ६२१ जना मतदाताहरूले मात्र मतदानमा सहभागी भएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पशुमा रेबिज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
२०८३ भाद्र ९, मंगलबार
त्रिविको परीक्षा प्रणाली विद्यार्थीमैत्री बनाउन स्ववियुको १० बुँदे माग
२०८३ भाद्र ९, मंगलबार
सुनचाँदीको मूल्यमा सामान्य घट्बढ
२०८३ भाद्र ९, मंगलबार
डिष्ट्रिक्ट ३२५ के, नेपालले असोज पहिलो साता लायन्स लिडरशिप क्याम्प आयोजना गर्ने
२०८३ भाद्र ९, मंगलबार
पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
२०८३ भाद्र ९, मंगलबार
दुई दशकदेखि लोकसंगीतमा सानु सुर्खाली, तीजमा ल्याइन् ‘यो साल माइती आइन’ (भिडियो)
२०८३ भाद्र ९, मंगलबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ भाद्र ९, मंगलबार