असार २२, २०८२ आइतबार July 6, 2025

रोजगार व्यवसायी संघमा लोकतान्त्रिक समुहले एकलाैटी बाजी मार्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्वका लागि मंगलबार सम्पन्न भएको निर्वाचनमा लोकतान्त्रिक समूहले पुरै प्यानलमा बिजयी भएको छ । संघको मंगलबार सम्पन्न २७ औं साधारणसभा पश्चात भएको निर्वाचनमा लोकतान्त्रिक समुहका बिष्णुप्रसाद गैरेको प्यानल विजयी भएको हो ।

संघको अध्यक्षमा गैरेले ३३० मत ल्याएर विजय भएका थिए भने उनका प्रतिद्धन्दी प्रगतिशील समूहका सरोजकुमार पोखरेलले २८२ मत ल्याएका थिए । यसैगरी संघको प्रथम द्धितीय र तृतीय उपाध्यक्षमा क्रमशः कमल तामाङ, कमल देब मल्ल र किशोरकुमार के.सी, विजयी भएका छन् । यसैगरी महासचिवमा सुजित श्रेष्ठ,  सचिवमा निलकमल मेघनाथ भुर्तेल र कोषाध्यक्षमा इन्दिरा गुरुङ विजयी भएकी छिन् ।

यसैगरी संघको सदस्यपदहरूमा  क्रमशः कर्णराज कटुवाल, दिनेश कुमार राय (राहुल), सुरेन्द्र अर्याल, हर्कबाहादुर लिम्बु, बिजय लामा, वावुलाल मगर नरेन्द्र, केशवराज न्यौपाने, छविलाल भटराई, लक्ष्मण पौडेल विजयी भएका छन् ।

२७ औं साधारणसभा अघिसम्म प्रगतिशिल समुहले बिजयीभइरहेको पुरानो बिरासत भत्काउदै लोकतान्त्रिक समूहले रोजगार व्यवसायी संघको इतिहासमै पहिलो पटक पुरै प्यानल जित हासिल गरेको हो । संघको नेतृत्वका लागि मंगलबार सम्पन्न चुनावमा ६५८ मतदाता रहेकोमा ६२१ जना मतदाताहरूले मात्र मतदानमा सहभागी भएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार