जेठ १६, २०८३ शनिबार May 30, 2026

अमेरिका–इरान समजदारी पत्र अन्तिम होइन : इरानी सञ्चारमाध्यम

अमेरिका र इरान दुई देशबीचको युद्धविरामलाई ६० दिनका लागि लम्ब्याउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तेहरान, १५ जेठ (रासस/एएफपी): इरानको अर्धसरकारी समाचार संस्था, तस्निम न्यूज एजेन्सीले स्रोतलाई उद्धृत गर्दै अमेरिका र इरानबीचको सम्भावित समझदारीको पाठलाई हालैका दिनमा परिवर्तन गरिएको र अझै अन्तिम नभएको जनाएको छ।

अज्ञात स्रोतले सम्भावित सम्झौताको बारेमा मिडिया रिपोर्टलाई खण्डन गर्दै भनेको छ केही विवरणहरू ‘गलत’ छन् ।

यसअघि अमेरिकी स्रोतले एएफपीलाई बताएअनुसार अमेरिका र इरान दुई देशबीचको युद्धविरामलाई ६० दिनका लागि लम्ब्याउने र स्थायी रूपमा युद्ध अन्त्यका लागि वार्ता सुरु गर्न प्रारम्भिक रूपरेखामा पुगेका छन् ।

अमेरिकी समाचार साइट एक्सियोसले यसअघि सम्भावित अमेरिका–इरान सम्झौताले स्ट्रेट अफ हर्मुजमा व्यावसायिक यातायात ढुवानी ‘अप्रतिबन्धित’ हुने र अमेरिकाले इरानी बन्दरगाहहरूमा आफ्नो नौसैनिक नाकाबन्दी हटाउनेछ भनेर उल्लेख गरेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया