जेठ १८, २०८३ सोमबार June 1, 2026

प्रतिनिधिसभा बैठक : राष्ट्रियसभाबाट सन्देशसहित फिर्ता भएका दुई विधेयक टेबुल

प्रतिनिधिसभाको अर्को बैठक आजै १५ मिनेटपछि फेरि बस्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा राष्ट्रियसभाबाट सन्देशसहित फिर्ता भएका दुई विधेयक टेबुल भएको छ ।

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालको अनुमतिमा सभाका सचिव प्रकाश अधिकारीले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन विधेयक, २०८३’ जानकारी र टेबुल गर्नुभएको हो ।

ती विधेयक यसअघि प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा पठाइएकामा सन्देशसहित फिर्ता आएका हुन् ।

प्रतिनिधिसभाको अर्को बैठक आजै १५ मिनेटपछि फेरि बस्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया