जेठ २१, २०८३ बिहिबार June 4, 2026

वासिङ्टन सम्झौता अन्तिम मौकाः लेबनानी राष्ट्रपति

अमेरिकाले युद्धविराम सुरु हुने मिति तोक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बेरुत, लेबनान, २१ जेठ (रासस/एएफपी): वाशिङ्गटनमा इजरायलसँगको वार्तापछि घोषणा गरिएको युद्धविराम कार्यान्वयन गर्ने सम्झौता बृहत् युद्धविराममा पुग्ने ‘अन्तिम अवसर’ भएको लेबनानका राष्ट्रपति जोसेफ ओउनले बिहीबार बताउनुभएको छ ।

“चौथो चरणको वार्तापछि लेबनानको पक्षमा धेरै महत्त्वपूर्ण बुँदाहरू समावेश गरिएको र बृहत् युद्धविराममा प्रवेश गर्ने यो अन्तिम अवसर हो । यदि यसप्रति सकारात्मक प्रतिक्रिया दिन असफल भइयो भने द्वन्द्वरत सम्वद्ध पक्ष यसका लागि जिम्मेवार मानिनेछन्,” राष्ट्रपति ओउनले भन्नुभयो ।

ओउनले भन्नुभयो, “लेबनानले ‘सम्बन्धित आन्तरिक पक्ष’ र विशेष गरी हेजबुल्लाहबाट प्रतिक्रिया प्राप्त हुनासाथ संयुक्त राज्य अमेरिकालाई आफ्नो अवस्थाको बारेमा सूचित गर्नेछ । अमेरिकाले युद्धविराम सुरु हुने मिति तोक्नेछ र राष्ट्रपति डोनाल्ड ट्रम्प यसको कार्यान्वयनको लागि प्रत्यक्षरूपमा जिम्मेवार ठहर्नुहुनेछ ।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया