भाद्र ९, २०८३ मंगलबार August 25, 2026

नेमकिपाले तोक्यो प्रदेश संयोजक (जिम्मेवारी सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल मजदुर किसान पार्टी (नेमकिपा) केन्द्रीय समितिको मंगलबार सातौ महाधिवेशनपछि बसेको पहिलो केन्द्रिय समितिको बैठकले सातवटै प्रदेशहरूमा संयोजक तोकेको छ ।

नवनिर्वाचित पार्टी अध्यक्ष नारायणमान विजुक्छें (रोहित)को निवास कमलविनायक भक्तपुरमा बसेको पहिलो बैठकले उक्त निर्णय गरेको हो । भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नारायणमान विजुक्छें (रोहित)ले केन्द्रिय सदस्यमा मनोनित गरेको र प्रदेश संयोजक तोकिएको जानकारी दिएका हुन् ।

पत्रकार सम्मेलनमा अध्यक्ष रोहितले जनाए अनुसार प्रदेश संयोजकमा क्रमश उमेश कवां, सुरेन्द्रराज गोसाँई, प्रेम सुवाल, डिल्लीप्रसाद काफ्ले, हरिसुन्दर बासी, सरोजराज गोसाँई र नन्दबहादुर शाहीलाई प्रदेश संयोजकको जिम्मेबारी तोकिएका छन् ।

साथै अध्यक्ष (रोहित)को निवासमा बसेको पहिलो वैठकले पार्टी अध्यक्ष विजुक्छेंको अध्यक्षतामा पाँच सदस्यीय केन्द्रिय सचिवालय पनि गठन गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । अध्यक्ष विजुक्छेंको अध्यक्षतामा गठित सचिवालय सदस्यहरूमा प्रेम सुवाल, मोहनप्रसाद प्रजापति, सुनिल प्रजापति र नन्दबहादुर शाही रहेका छन् ।

यसैगरी  अध्यक्ष विजुक्छेंले पार्टी सचिवमा प्रेम सुवाल र कोषाध्यक्षमा मोहनप्रसाद प्रजापतिलाइ जिम्मेवारी तोकिएको बताएका थिए । यसैगरी पहिलो केन्द्रिय समितिको बैठकले केन्द्रीय सदस्यमा रवीन्द्र ज्याख्व र वैकल्पिक केन्द्रीय सदस्यमा राजेन्द्र चवाल र नारायणबहादुर दुवाललाइ मनोनित गरेको जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पशुमा रेबिज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
२०८३ भाद्र ९, मंगलबार
त्रिविको परीक्षा प्रणाली विद्यार्थीमैत्री बनाउन स्ववियुको १० बुँदे माग
२०८३ भाद्र ९, मंगलबार
गण्डकीमा सत्ता समीकरण फेरिँदै, एमालेका मन्त्रीले राजीनामा दिने
२०८३ भाद्र ९, मंगलबार
सुनचाँदीको मूल्यमा सामान्य घट्बढ
२०८३ भाद्र ९, मंगलबार
डिष्ट्रिक्ट ३२५ के, नेपालले असोज पहिलो साता लायन्स लिडरशिप क्याम्प आयोजना गर्ने
२०८३ भाद्र ९, मंगलबार
पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
२०८३ भाद्र ९, मंगलबार
दुई दशकदेखि लोकसंगीतमा सानु सुर्खाली, तीजमा ल्याइन् ‘यो साल माइती आइन’ (भिडियो)
२०८३ भाद्र ९, मंगलबार