जेठ २३, २०८३ शनिबार June 6, 2026

लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यकः राष्ट्रसङ्घ

युद्धको वृद्धिका कारण लेबनानका समुदायहरूले डरलाग्दो अवस्थाको सामना गर्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः इरान समर्थित हेजबुल्लाहविरुद्ध इजरायलको युद्धबाट गुज्रिरहेको लेबनानका लागि संयुक्त राष्ट्रसङ्घले शुक्रबार आफ्नो सहायता मागलाई दोब्बरभन्दा बढीले बढाउँदै छ महिनामा लगभग ६४ करोड डलर आवश्यक रहेको बताएको छ।

मध्यपूर्वमा भएको युद्धको तीन महिनापछि संयुक्त राष्ट्रसङ्घले चेतावनी दिँदै भनेको छ, “लेबनानमा ‘मानवीय विपत्ति’ नजिक रहेको छ र एक चौथाइ जनसङ्ख्यालाई सहयोगको आवश्यकता छ।”

“लेबनानका लागि राष्ट्रसङ्घका आवासीय मानवीय समन्वयक इमरान रिजाले बेरुतबाट पत्रकारहरूसँग भन्नुभयो, “युद्धको वृद्धिका कारण लेबनानका समुदायहरूले डरलाग्दो अवस्थाको सामना गर्नुपरेको छ।”

उहाँले भन्नुभयो, “हिजबुल्लाहले मार्च २ मा लेबनानलाई व्यापक मध्यपूर्व युद्धमा तानेपछि लेबनानमा भएको इजरायली आक्रमणमा तीन हजार ५०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ र १० हजारभन्दा बढी घाइते भएका छन् ।”

“हामीले धेरै हताहती, व्यापक र बारम्बार विस्थापन, आवास र आधारभूत सेवाका पूर्वाधारहरूको विनाश र दूरगामी मनोवैज्ञानिक आघात देखेका छौँ,” उहाँले भन्नुभयो ।

उहाँले थप्नुभयो, “विस्थापित र मानवीय सहयोगको याचना गर्ने नागरिकहरूको सङ्ख्या चिन्ताजनक छ र दिन प्रतिदिन खराब हुँदै गइरहेको छ।”

संयुक्त राष्ट्रसङ्घले गत मार्चमा लेबनान सरकारको नेतृत्वमा मेको अन्त्यसम्म ठूलो सङ्कटकालीन कार्यका लागि तीन करोड ८० लाख डलर सहयोग गर्न अपिल गरेको थियो ।

शुक्रबार सहयोगको लागि रकम थप गर्दै भनेको छ, “अगस्टको अन्त्यसम्म थप तीन करोड ३१ लाख अमेरिकी डलर आवश्यक हुनेछ।”

“पटक–पटक विस्थापन, अपर्याप्त आवास क्षमता र सुरक्षित फिर्तीको सीमित सम्भावनाले जोखिमलाई अझ गहिरो बनाइरहेको छ”, अपिलमा भनिएको छ, “प्रभावित व्यक्तिहरूले आफ्नो सामना गर्ने क्षमता द्रुत रूपमा समाप्त गरिरहेका छन्, र अत्यावश्यक सेवाहरूले बढ्दो तनावको सामना गरिरहेका छन् ।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया