जेठ २३, २०८३ शनिबार June 6, 2026

मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी

ट्रम्पले युद्ध सुरु भएयता इरानसँग रहेका मिसाइल क्षमताको करिब २१ देखि २२ प्रतिशत मात्र बाँकी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तेहरान, २३ जेठ (रासस/सिन्ह्वा) :अमेरिकी सेनाले इरानका केही रडार साइटहरूमा आक्रमण गरेको जनाएको छ । यो घटनालाई मध्यपूर्वमा जारी तनाव र कमजोर हुँदै गएको युद्धविरामको बीचमा भएको थप ठूलो तनावको रूपमा हेरिएको छ

अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले सामाजिक सञ्जाल ‘एक्स’ मा दिएको जानकारीअनुसार शुक्रबार अमेरिकी सेनाले इरानतर्फ प्रक्षेपण गरिएका चार वटा एकतर्फी आक्रमणकारी ड्रोनहरू खसालेको थियो । ती ड्रोनहरूले होर्मुज जलडमरू क्षेत्रमा रहेको समुद्री यातायातका लागि तत्काल खतरा उत्पन्न गरेको दाबी गरिएको छ ।

सेन्टकमका अनुसार उक्त घटनापछि अमेरिकी सेनाले इरानको गोरेक र कÞेश्म टापुमा रहेका तटीय निगरानी रडार साइटहरूलाई निशाना बनाएर आक्रमण गरेको हो । अमेरिकी पक्षले यो कदम सम्भावित थप आक्रमण रोक्नका लागि गरिएको बताएको छ ।

यसैबीच, इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीका सैन्य सल्लाहकार मोहसेन रेजाईले एक अन्तर्वार्तामा अमेरिका–इरानबीचको सम्भावित शान्ति सम्झौता अहिले स्थगित अवस्थामा रहेको बताउनुभएको छ । उहाँका अनुसार अमेरिका सरकारले जमेका इरानी सम्पत्तिमा करिब २४ अर्ब अमेरिकी डलर फुकुवा गर्नुपर्ने विषयले वार्तालाई प्रभावित बनाएको छ ।

रेजाईले वार्ता अवरुद्ध भएमा स्थिति अझ गम्भीर हुने चेतावनी दिँदै अमेरिकालाई “अन्धकारमय अवस्थातर्फ प्रवेश गर्न सक्ने” बताउनुभयो । उहाँले वार्ता पुनः अघि बढाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहल गर्नुपर्ने पनि बताउनुभएको छ ।

अर्कोतर्फ, राष्ट्रपति ट्रम्पले एनबीसी न्यूजसँगको अन्तर्वार्तामा इरानी नेतृत्वसँग युद्ध अन्त्य गर्ने कुनै सहमति नभएको बताउनुभएको छ । उहाँले इरान “बलियो र गर्विलो” भएकाले सम्झौता गर्न ढिला गरिरहेको टिप्पणी गर्दै अन्ततः उनीहरूसँग विकल्प सीमित रहेको दाबी गर्नुभयो ।

यसैबीच, ट्रम्पले युद्ध सुरु भएयता इरानसँग रहेका मिसाइल क्षमताको करिब २१ देखि २२ प्रतिशत मात्र बाँकी रहेको विश्वास व्यक्त गर्नुभएको छ ।

मध्यपूर्वमा अमेरिका–इरानबीच बढ्दो तनाव र सैन्य गतिविधिका कारण क्षेत्रीय शान्ति प्रक्रियामाथि थप प्रश्न उठ्न थालेको विश्लेषकहरूले बताएका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
२०८३ जेठ २३, शनिबार
निर्वाचनपछि रणनीति पुनरावलोकनमा राष्ट्रिय मुक्ति पार्टी
२०८३ जेठ २३, शनिबार
सेवानिवृत्तिपछि साहित्य सिर्जनामा केन्द्रित हुने सुशीला कार्कीको घोषणा
२०८३ जेठ २३, शनिबार
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
२०८३ जेठ २३, शनिबार
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
२०८३ जेठ २३, शनिबार
ओझेलमा मुगु सोरुको प्राचीन सुनखानी गुफा, संरक्षण र प्रवद्र्धनको पखाईमा
२०८३ जेठ २३, शनिबार
कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
२०८३ जेठ २३, शनिबार