श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

लायन्स डिस्ट्रिक्ट ३२५ के नेपालको ‘डिस्ट्रिक्ट क्याबिनेट अफिसर्स स्कुलिङ प्रोग्राम’ चितवनमा शुरु

चितवनमा जुटे लायन्सका शीर्ष पदाधिकारी, नेतृत्व विकासमा केन्द्रित प्रशिक्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चितवन । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालको लायन वर्ष २०२६–२०२७ का लागि आयोजित दुई दिने ‘डिस्ट्रिक्ट क्याबिनेट अफिसर्स स्कुलिङ प्रोग्राम’ शुक्रबारदेखि चितवनस्थित सोल्टी वेस्टेन्ड रिसोर्टमा सुरु भएको छ। “Leading With Purpose” भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा डिस्ट्रिक्ट अन्तर्गतका क्याबिनेट पदाधिकारी, एरिया तथा जोन चिफहरू, विभिन्न समितिका संयोजक तथा लायन्स नेतृत्वको उल्लेखनीय सहभागिता रहेको छ।

कार्यक्रमको उद्घाटन लायन्स इन्टरनेशनलका पूर्व अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटीले गरेका थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले लायन्सको मूल उद्देश्य मानव सेवामार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउनु रहेको उल्लेख गर्दै सक्षम नेतृत्व, स्पष्ट उद्देश्य र प्रभावकारी कार्ययोजनाबाट मात्र संस्थाले आफ्नो लक्ष्य हासिल गर्न सक्ने बताए। उनले नेतृत्व विकास र संगठनात्मक क्षमता अभिवृद्धिका लागि यस्ता प्रशिक्षण कार्यक्रमहरू अत्यन्त आवश्यक रहेको धारणा व्यक्त गरे।

कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर रमेश अधिकारीले आगामी लायन वर्षका प्राथमिकता, लक्ष्य तथा कार्यदिशाबारे प्रकाश पारे। उनले क्याबिनेट पदाधिकारीहरूलाई आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध रहँदै सेवा, समर्पण र नेतृत्वको भावनासहित काम गर्न आग्रह गरे। “यस्ता स्कुलिङ कार्यक्रमले पदाधिकारीहरूलाई आफ्नो भूमिका स्पष्ट रूपमा बुझ्न, योजनाबद्ध ढङ्गले काम गर्न तथा संस्थालाई थप गतिशील बनाउन सहयोग पुर्‍याउँछन्,” उनले भने।

दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा नेतृत्व विकास, संगठन सञ्चालन, सदस्यता अभिवृद्धि, सेवा परियोजना व्यवस्थापन, वित्तीय अनुशासन, प्रभावकारी सञ्चार, सार्वजनिक सम्बन्ध, डिजिटल प्रविधिको उपयोग तथा वार्षिक कार्ययोजना निर्माण लगायतका विषयमा प्रशिक्षण र अन्तरक्रियात्मक सत्र सञ्चालन गरिने आयोजकले जनाएको छ। प्रशिक्षणमार्फत नव–निर्वाचित तथा मनोनित पदाधिकारीहरूलाई आगामी कार्यकालका लागि आवश्यक ज्ञान, सीप र रणनीतिक दृष्टिकोण प्रदान गर्ने लक्ष्य राखिएको छ।

कार्यक्रममा ओएसओ आनन्द अरुण, हिमालयन जाभाका महानिर्देशक दिवाकर ओझा लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। वक्ताहरूले सामाजिक सेवामा लायन्सको योगदानको प्रशंसा गर्दै संस्थाले समाज रूपान्तरणमा खेलेको भूमिकालाई अझ प्रभावकारी बनाउन नेतृत्वको क्षमता विकास आवश्यक रहेको बताए।

विश्वकै अग्रणी सामाजिक सेवा संस्थामध्ये एक लायन्स क्लब अन्तराष्ट्रियले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, दृष्टि संरक्षण, विपद् व्यवस्थापन, भोकमरी न्यूनीकरण तथा सामुदायिक विकासका क्षेत्रमा विश्वभर सेवा कार्यक्रम सञ्चालन गर्दै आएको छ। नेपालमा पनि लायन्सले विभिन्न सामाजिक, मानवीय र विकासमुखी गतिविधिमार्फत समुदायमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ।

शनिबारसम्म सञ्चालन हुने उक्त कार्यक्रममा भएका छलफल, प्रशिक्षण र अनुभव आदानप्रदानले आगामी लायन वर्षलाई थप प्रभावकारी, योजनाबद्ध र उपलब्धिमूलक बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले व्यक्त गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
२०८३ श्रावण २९, शुक्रबार
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ पदमा जागिर खुल्यो, भदौ १२ सम्म आवेदन
२०८३ श्रावण २९, शुक्रबार
सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य
२०८३ श्रावण २९, शुक्रबार
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
२०८३ श्रावण २९, शुक्रबार
काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त
२०८३ श्रावण २९, शुक्रबार
‘विगत बिर्सेर कांग्रेस एकताका लागि पहल गरौँ’ : डा. प्रकाशशरण महत
२०८३ श्रावण २९, शुक्रबार
मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम
२०८३ श्रावण २९, शुक्रबार