मंग्सिर २, २०८३ बुधबार November 18, 2026

कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु

राष्ट्रिय खानी निकायले दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन औपचारिक अनुसन्धान सुरु गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बोगोटा, २३ जेठ (रासस/सिन्ह्वा) : कोलम्बियाको मध्य भागस्थित एक विभागको कोइला खानीमा भएको विस्फोटमा ७ जना खानी मजदुरको मृत्यु भएको स्थानीय अधिकारीहरूले शुक्रबार पुष्टि गरेका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार बिहीबार दिउँसो एक नगरपालिकामा रहेको खानीमा विस्फोट भएको थियो। प्रारम्भिक अनुसन्धानले भूमिगत रूपमा ग्यास जमेर विस्फोट भएको देखाएको छ ।

दुर्घटनापछि उद्धार टोलीहरू तत्काल घटनास्थलमा परिचालन गरिएको थियो ।

सम्बन्धित विभागका गभर्नरले सामाजिक सञ्जालमार्फत मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै ज्यान गुमाएका मजदुरहरूको नाम सार्वजनिक गरेका छन् ।

उहाँले राष्ट्रिय खानी निकायले दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन औपचारिक अनुसन्धान सुरु गर्ने बताएका छन् ।

कोलम्बियाको मध्य क्षेत्रमा खानी दुर्घटनाहरू असामान्य होइनन्, किनभने केही खानीहरूले सुरक्षा सम्बन्धी नियमहरूको पूर्ण पालना नगर्ने गरेको बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विशेषज्ञ चिकित्सक अभावमा चौतारा अस्पतालको सेवा प्रभावित
२०८३ मंग्सिर २, बुधबार
गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा कुनै बहाना नगर्न मुख्यमन्त्री भट्टको आग्रह
२०८३ मंग्सिर २, बुधबार
राप्रपाको महाधिवेशन नेतृत्व चयनमा मात्र सीमित हुनुहुँदैन : ज्ञानेन्द्र शाही
२०८३ मंग्सिर २, बुधबार
टेलिफोन पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थाको चाँडै अन्त्य हुन्छ : सञ्चारमन्त्री डा. तिमिल्सिना
२०८३ मंग्सिर २, बुधबार
उपाध्यक्ष पौडेलद्वारा एमाले नेतृत्वको सरकारका उपलब्धि प्रस्तुत
२०८३ मंग्सिर २, बुधबार
काठमाडौँ-मधेस द्रुतमार्ग सडक आयोजनाको काम निर्धारित समयभित्रै सम्पन्न गर्न मन्त्री लम्सालको निर्देशन
२०८३ मंग्सिर २, बुधबार
तातोपानी नाका तत्काल खुलाउन चीनसँग परराष्ट्रमन्त्री खनालको आग्रह
२०८३ मंग्सिर २, बुधबार