जेठ २३, २०८३ शनिबार June 6, 2026

इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प

इरानी सेनाले शुक्रबार ओमानको खाडीमा रहेका दुई अमेरिकी युद्धक जहाजमा ‘चेतावनीका लागि क्षेप्यास्त्र’ प्रहार गरेको

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार इरानसँग अझै पनि करिब ‘२२ प्रतिशत’ क्षेप्यास्त्र बाँकी रहेको बताउनुभएको छ ।

एनबीसी न्यूजको ‘मिट द प्रेस’लाई दिएको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले अमेरिकाले इरानको सैन्य क्षमतालाई पूर्ण रुपमा नष्ट गरेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “तेहरानसँग अब आफ्नो पुरानो मिसाइल क्षमताको २१ देखि २२ प्रतिशत मात्र बाँकी छ ।”

इरानसँग बाँकी रहेको क्षेप्यास्त्र भण्डारको यो अनुमान मे महिनामा ट्रम्पले दिएको १८ प्रतिशतभन्दा बढी हो । यसअघि, उहाँले इरानको युद्ध क्षमतालाई पूर्ण रूपमा नष्ट गरेको दाबी गर्दै आउनुभएको थियो ।

इरानको सेनाले शुक्रबार ओमानको खाडीमा रहेका दुई अमेरिकी युद्धक जहाजमा ‘चेतावनीका लागि क्षेप्यास्त्र’ प्रहार गरेको बताएको छ ।

दुई दिनअघि कुवेतले इरानको जघन्य आक्रमणको एक हिस्साका रूपमा प्रहार गरिएका ३० वटा ब्यालेस्टिक क्षेप्यास्त्र निस्क्रिय पारिएको बताएको थियो ।

दुई देशबीच चेतावनी र हिंसाले भड्किएको हप्तौँदेखिको जटिल वार्ताले युद्ध अन्त्य गर्ने सम्झौता गर्न असफल भएको छ।

यसैबीच, अर्को एक प्रसङ्गमा राष्ट्रपति ट्रम्पले ‘इरानसँग सम्झौतामा पुग्नुबाहेक अर्को विकल्प नभएको’ पनि बताउनुभएको छ।

उहाँले भन्नुभयो, “तिनीहरू बलियो छन र घमण्ड पनि गर्छन् किनकि त्यहाँ अझै चीज (हतियार)हरू छन् । उनीहरू आफैले इरानसँग त्यो पैमानामा हतियार छन् भन्ने कहिल्यै सोचेका थिएनन् ।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ महिला च्याम्पियनसिपको उपाधि भारतलाई
२०८३ जेठ २३, शनिबार
इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प
२०८३ जेठ २३, शनिबार
दक्षिण सुडानमा द्वन्द्व चर्किँदा तीन लाखभन्दा बढी विस्थापित
२०८३ जेठ २३, शनिबार
परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता
२०८३ जेठ २३, शनिबार
भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार
२०८३ जेठ २३, शनिबार
सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना
२०८३ जेठ २३, शनिबार
कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
२०८३ जेठ २३, शनिबार