जेठ २५, २०८३ सोमबार June 8, 2026

इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी

नोभेम्बरमा हुने संसद्को मध्यावधि चुनाव नजिकिँदै गर्दा राष्ट्रपति ट्रम्पले धेरै अमेरिकीहरूले नरूचाएको द्वन्द्व अन्त्य गर्न खोजीरहेका छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वासिङ्टन, २५ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच दुई महिनाअघि भएको युद्धविरामपछि आइतबार पहिलो पटक भएको व्यापक हवाइ हमला गरेपनि उनीहरू ‘तत्काल युद्धविराम’ गर्न खोजेको दावी गरेका छन्।

“दुवै पक्ष इजरायल र इरानले तत्काल युद्धविराम गर्न चाहेका छन्,” राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोशलमा लेखेका छन् ।

उनले भने, “अज्ञानता वा मूर्खताको अधीनमा ‘शान्ति’ सम्बन्धी अन्तिम वार्ता अघि बढिरहेको छ । यसको केही मिनेटअघि राष्ट्रपति ट्रम्पले इजरायल र इरानलाई आक्रमणलाई तत्काल रोक्न आग्रह गरेका थिए ।

इरानले आइतबारदेखि सोमबार रातभर इजरायलमाथि क्षेप्यास्त्र प्रहार गरेको थियो र इजरायलले इस्लामिक गणतन्त्रमा सैन्य स्थानहरूलाई लक्षित गरेर जवाफ दिएको थियो ।

बेरुतको दक्षिणी उपनगरमा इरान समर्थित लेबनानी शिया समूह हेजबुल्लाहलाई लक्षित गरी इजरायलले आक्रमण गरेपछि तेहरानले आक्रमण गरेको थियो ।

नोभेम्बरमा हुने संसद्को मध्यावधि चुनाव नजिकिँदै गर्दा राष्ट्रपति ट्रम्पले धेरै अमेरिकीहरूले नरूचाएको द्वन्द्व अन्त्य गर्न खोजिरहेको देखिन्छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया