जेठ ३१, २०८३ आइतबार June 14, 2026

कतारको प्रतिनिधिमण्डल तेहरानमा

कतारका विदेशमन्त्रीका सल्लाहकारलाई कुटनीतिक वार्ताको पहल गर्न इरान पठाएको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तेहरान, ३१ जेठ । इरान र संयुक्त राज्य अमेरिकाबीचको युद्ध अन्त्य गर्ने मध्यस्थता प्रक्रियाको एक भागको रूपमा कतारको प्रतिनिधिमण्डल आइतबार तेहरान आइपुगेको इरानी मिडिया र एक कूटनीतिज्ञले पुष्टि गरेका छन् ।

इरानको समाचार एजेन्सी आइएसएनएले कतारका विदेशमन्त्रीका सल्लाहकारलाई कुटनीतिक वार्ताको पहल गर्न इरान पठाइएको जनाएको छ।

इरानको अर्को समाचार एजेन्सी तस्निमले यो भ्रमणको उद्देश्य ‘कूटनीतिक प्रक्रियाका पछिल्ला घटनाक्रमलाई हेर्ने’ रहेको बताएको छ।

कतारी वार्ताकारहरू आज बिहान तेहरानतर्फ उडेका एक कूटनीतिज्ञले एएफपीसँग बताउनुभयो ।

नाम नबताउने सर्तमा ती कूटनीतिज्ञले भने, “प्रतिनिधिमण्डलले सम्झौतालाई अन्तिम रूप दिन सहयोग पु¥याउन इरान भ्रमण गरेको हो ।”

महिनौँदेखि जारी मध्यपूर्व युद्ध अन्त्यका लागि मध्यस्थताको नेतृत्व गर्दै आएको पाकिस्तान र संयुक्तराज्य अमेरिकाले आइतबार द्वन्द्व अन्त्यका लागि सहमतिमा हस्ताक्षर हुने सङ्केत गरेका छन्, यद्यपि, तेहरानले त्यो समयलाई लिएर शङ्का व्यक्त गरेको छ र इरानी मिडियाले फ्रेमवर्कमा अन्तिम निर्णय हुन बाँकी रहेको बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया