मंग्सिर २, २०८३ बुधबार November 18, 2026

अमेरिका–इरान वार्ता स्विट्जरल्यान्डमा, पश्चिम एसियाको तनाव कम गर्ने प्रयास

प्रतिबन्ध फुकुवा र तेल निर्यातबारे अमेरिका–इरानबीच महत्वपूर्ण संवाद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, असार ८ गते । अमेरिका र इरानबिच आइतबार स्विट्जरल्यान्डको लुसेर्न तालमाथिको पहाडी रिसोर्ट क्षेत्र बुर्गेनस्टक रिसोर्टमा प्राविधिक स्तरको वार्ता सुरु भएको छ । वार्ता मुख्य रूपमा इरानको आणविक कार्यक्रम र लेबनानमा जारी युद्धविरामको विषयमा केन्द्रित रहेको अमेरिकी टेलिभिजन संस्था सिएनएनले जनाएको छ ।

First US-Iran talks in Switzerland overshadowed by Hormuz closure - The  Business Timesदुई देशबिच हालै सम्पन्न प्रारम्भिक शान्ति सम्झौतापछि बाँकी रहेका प्राविधिक तथा राजनीतिक एजेन्डालाई निष्कर्षमा पु¥याउन यो ६० दिने वार्ता प्रक्रिया सुरु गरिएको हो । इरानको आणविक महत्वाकाङ्क्षालाई सीमित गर्ने र युरेनियम संवर्धनको सीमा तय गर्ने विषय, इजरायल र हेज्बुल्लाहबिच लेबनानमा भइरहेको युद्धविराम उल्लङ्घनको घटना र पश्चिम एसियामा सैन्य तनाव कम गर्ने प्रयास, हर्मुज जलमार्ग निर्बाध सञ्चालन गर्नेलगायतका विषय वार्तामा समावेश गरिएका छन् ।

वार्तामा अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्स र इरानी टोलीको नेतृत्व संसद्का सभामुख मोहम्मद बागेर गलिबाफले गर्नुभएको छ । पाकिस्तान र कतारले मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका छन् । पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफ पनि वार्तामा सहभागी हुनुभएको छ । गएको शुक्रबार हुने तय भएको वार्ता इजरायलले लेबनानमा घातक आक्रमण गरेपछि अन्तिम समयमा स्थगित गरिएको थियो । इजरायली सैनिकका पाँच सदस्यको मृत्यु भएपछि ती आक्रमण गरिएको इजरायले दाबी गरेको छ ।

इरानको सरकारी समाचार संस्था ‘इर्ना’ ले सार्वजनिक गरेको भिडियो सन्देशमा विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले इजरायलले लेबनानसम्बन्धी आफ्ना प्रतिबद्धता उल्लङ्घन गरिरहेकाले उक्त विषय वार्ताको प्रमुख एजेन्डा हुने बताउनुभयो ।

उहाँका अनुसार वार्तामा इरानका रोक्का तथा प्रतिबन्धित सम्पत्ति फुकुवा गर्ने विषय साथै इरानी तेल बिक्रीका लागि आवश्यक अनुमति तथा इजाजतपत्र जारी गर्ने सम्बन्धमा पनि छलफल हुने छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा कुनै बहाना नगर्न मुख्यमन्त्री भट्टको आग्रह
२०८३ मंग्सिर २, बुधबार
राप्रपाको महाधिवेशन नेतृत्व चयनमा मात्र सीमित हुनुहुँदैन : ज्ञानेन्द्र शाही
२०८३ मंग्सिर २, बुधबार
टेलिफोन पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थाको चाँडै अन्त्य हुन्छ : सञ्चारमन्त्री डा. तिमिल्सिना
२०८३ मंग्सिर २, बुधबार
उपाध्यक्ष पौडेलद्वारा एमाले नेतृत्वको सरकारका उपलब्धि प्रस्तुत
२०८३ मंग्सिर २, बुधबार
काठमाडौँ-मधेस द्रुतमार्ग सडक आयोजनाको काम निर्धारित समयभित्रै सम्पन्न गर्न मन्त्री लम्सालको निर्देशन
२०८३ मंग्सिर २, बुधबार
तातोपानी नाका तत्काल खुलाउन चीनसँग परराष्ट्रमन्त्री खनालको आग्रह
२०८३ मंग्सिर २, बुधबार
सभामुख अर्याल र चिनियाँ जनसंघका अध्यक्ष याङबीच शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार