असार ८, २०८३ सोमबार June 22, 2026

एमाले उपाध्यक्ष पौडेललाई नेपालगञ्ज लगियो

जिल्ला प्रहरी कार्यालयमा केही समय राखेर अहिले नेपालगञ्ज लगिदैं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सुर्खेत । सुर्खेतमा पक्राउ पर्नुभएका नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई नेपालगञ्ज लगिएको छ ।

पूर्व अर्थमन्त्री समेत रहनुभएका पौडेललाई सम्पत्ति शुद्धीकरण विभागको आग्रहमा सुर्खेत प्रहरीले सोमबार साँझ सुर्खेतको वीरेन्द्रनगरबाट पक्राउ गरेको हो ।

उहाँलाई वीरेन्द्रनगरस्थित एउटा होटलमा भइरहेको एमाले पुनर्गठन सम्बन्धी सुझाव सङ्कलन कार्यक्रम स्थलबाटै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा केही समय राखेर अहिले नेपालगञ्ज लगिएको छ ।

उहाँलाई नेपालगञ्जबाट काठमाडौँ लैजाने योजना रहेको सुरक्षा स्रोतले जानकारी दिएको हो । स्रोतका अनुसार पौडेलले गरेको सेयर कारोबार र सम्पत्तिको शङ्कास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको हो ।

सोमबार नै उहाँ हाल बसिरहेको काठमाडौँ भैसेपाटीस्थित निवासमा पनि सम्पत्ति शुद्धीकरण विभागको टोलीले छापा मारेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमाले उपाध्यक्ष पौडेललाई नेपालगञ्ज लगियो
२०८३ असार ८, सोमबार
एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल सुर्खेतबाट पक्राउ
२०८३ असार ८, सोमबार
सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
२०८३ असार ८, सोमबार
पूर्वपरराष्ट्रमन्त्री आरजु राणा र महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
२०८३ असार ८, सोमबार
उपराष्ट्रपतिसँग श्रीलंकाली राजदूतको शिष्टाचार भेटवार्ता
२०८३ असार ८, सोमबार
रास्वपाको बन्दसत्र स्थगित, प्रतिनिधि कार्ड वितरणपछि भोलिबाट सुरु हुने
२०८३ असार ८, सोमबार
दर्मीजामा ‘होमस्टे’ले आनन्द लिन जाने होइन त ?
२०८३ असार ८, सोमबार