काठमाण्डाैंः काभ्रेका धुलिखेल नगरपालिका र मण्डनदेउपुर नगरपालिकाले विद्यार्थीलाई विद्यालयमा उपस्थित गराएर पढाउने कार्य बन्द गर्न निर्देशन दिएका छन् । जिल्लामा कोरोना सङक्रमणको संख्या बढ्न थालेपछि विद्यार्थीलाई विद्यालयमै वोलाएर नपढाउन निर्देशन दिएका हुन ।
धुलिखेल नगरपालिको कोभिड-१९ को जोखिम १२ वटै वडामा रहेकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि विद्यालयमा सञ्चालन भएका प्रत्येक्ष पठनपाठनलाई तत्काल बन्द गरी बैकल्पिक विधि अपनाउन भनेको छ ।
त्यसै गरी मण्डनदेउपुर नगरपालिकाले पनि सामाजिक क्षेत्रमा कार्यरत व्यक्ति तथा परिवार समुदायमा समेत कोरोना देखिएकाले अर्को सूचना जारी नगरेसम्मका लागि विद्यालय लगायत सम्पूर्ण सरकारी तथा गैर सरकारी संघसंस्थाहरुबाट हुने सेवा अनिश्चितकालिन बन्द गरिएको छ ।
सूचनालाई बेवास्ता गरी प्रत्येक्ष विधिबाट विद्यालयमा पठनपाठन गरेमा त्यसबाट हुने जोखिमको सम्पूर्ण जिम्मेवारी प्रधानध्यापक र विद्यालय व्यवस्थापन समितिको हुने सूचनामा उल्लेख छ ।
जिल्लामा असोज महिनाको पहिलो हप्ता देखी विद्यालयहरु सञ्चालन हुँदै आएका थिए भने अन्य ११ वटा पालिकाले भने प्रत्यक्ष पठनपाठन गरिरहेका छन ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया