मनामा (बहराइन), असार १२ गते । वासिङ्टनले अमेरिका-इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यको सार्वभौमिकता, सुरक्षा वा स्थिरतालाई कमजोर नपार्ने अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बताउनुभएको छ ।
मनामा जीसीसी-युएस मन्त्रीस्तरीय बैठकको अन्त्यमा पत्रकारसँगको साक्षातकारमा बोल्दै विदेशमन्त्री रुबियोले आफ्नो क्षेत्रीय भ्रमणको उद्देश्य खाडी साझेदारलाई इरानसँगको छलफलको नतिजाबारे जानकारी गराउनु र अमेरिका आफ्ना क्षेत्रीय सहयोगीसँग सम्बन्धित सबै घटनाक्रममा घनिष्ठ समन्वय कायम राख्न प्रतिबद्ध रहेको पुष्टि गर्नु रहेको बताउनुभएको छ ।
उहाँले इरानसँगको कुनै पनि कूटनीतिक मार्गलाई खाडी राज्यको हित हुने गरी अगाडी बढ्ने कुरामा जोड दिँदै वाशिंगटनले क्षेत्रीय साझेदारका लागि पारदर्शी भएर उनीहरूको सुरक्षालाई संरक्षण हुने गरी अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । रुबियोले समुद्री सुरक्षा र स्ट्रेट अफ होर्मुजमा, जिसिसी राज्यले अन्तर्राष्ट्रिय “शिपिंग लेन”मा शुल्क लगाउने कुनै पनि प्रयासलाई अस्वीकार गर्दै स्पष्ट र एकीकृत अभिव्यक्त व्यक्त गर्नुभएको छ ।
उहाँले त्यस्ता उपायलाई अस्वीकार्य र अप्रवर्तनीयको रूपमा वर्णन गर्दै संयुक्त राज्य अमेरिकाले उनीहरूलाई समर्थन वा अनुमति नदिने बताउनुभएको छ । रुबियोले वाशिंगटनले आयात निर्यात कार्यको आधारमा घटना क्रमको न्याय गर्ने छ, स्ट्रेट अफ होर्मुजमार्फत ढुवानीको निरन्तर सामान्य प्रवाह यस क्षेत्रको स्थिरताको मूल्याङ्कनमा प्रमुख सूचक रहने बताउनुभएको छ ।
कुनै पनि परिणामले क्षेत्रीय साझेदारको हितलाई प्रतिबिम्बित गर्ने कुरा सुनिश्चित गर्दै वासिङ्टनले इरानसँग कूटनीति सफल हुने हरेक अवसर दिन प्रतिबद्ध रहेको बताउदै उहाँले समझदारी पत्रलाई अन्तिम सम्झौताको रूपमा नभई निरन्तर वार्ताको ढाँचाको रूपमा हेर्नुपर्ने कुरामा जोड दिनुभएको छ ।
वर्तमान व्यवस्थामा वार्ता र सम्भावित सम्झौताको अन्वेषणका लागि तयार गरिएको अस्थायी र ६० दिनको छुट अवधि समावेश रहेको उहाँले बताउनुभएको छ । रुबियोले यदि इरानले रचनात्मकरूपमा संलग्न हुने इच्छा देखाएमा संयुक्त राज्य अमेरिका राम्रो र वास्तविक सम्झौतामा पुग्न खुला रहेको बताउनुभएको छ । रासस/क्यूएनए
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया