असार १३, २०८३ शनिबार June 27, 2026

रूस र युक्रेनबिच युद्धबन्दी सैनिक आदान-प्रदान

आदान-प्रदानमा संयुक्त अरब इमिरेट्स (युएई)को मध्यस्थता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मस्को, असार १३ गते । युक्रेन र रूसले शुक्रबार १६० जना युद्धबन्दी सैनिकको आदान-प्रदान गरेको मस्कोले जनाएको छ । यो चार वर्ष लामो युद्धमा भएको पछिल्लो युद्धबन्दी आदान-प्रदान हो ।

रूसीको रक्षा मन्त्रालयले सामाजिक सञ्जालमा भनेको छ, “युक्रेनबाट १६० जना रूसी सैनिक फिर्ता भएका छन् र बदलामा १६० जना युक्रेनी युद्धबन्दीलाई फिर्ता पठाइएको छ ।” सन् २०२२ मा रूसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि युद्धबन्दी फिर्ता तथा मारिएका सैनिकको शव आदान-प्रदान मस्को र किएभबिचको थोरै सहयोगका क्षेत्र मध्ये एक बनेको छ ।

“फिर्ता भएका रूसी सैनिक हाल बेलारुसमा छन्,” रूसी मन्त्रालयले जनाएको छ । उक्त आदान-प्रदानमा संयुक्त अरब इमिरेट्स (युएई)ले मध्यस्थता गरेको पनि मन्त्रालयले बताएको छ । युक्रेनले भने तत्काल यस आदान–प्रदानबारे कुनै प्रतिक्रिया वा पुष्टि गरेको छैन । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया