असार १४, २०८३ आइतबार June 28, 2026

कोरियाली प्रायद्वीपलाई आणविक हतियार मुक्त बनाउने दक्षिण कोरिया र जापानको पुनः प्रतिबद्धता

उत्तर कोरिया र दक्षिण कोरिया अझै पनि प्राविधिक रूपमा युद्धकै अवस्थामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सियोल, १४ असार (रासस/एएफपी): दक्षिण कोरिया र जापानका रक्षामन्त्रीहरूले आइतबार कोरियाली प्रायद्वीपलाई आणविक हतियारमुक्त बनाउने आफ्नो देशको प्रतिबद्धतालाई पुनः दोहोर्‍ याएका छन् । उत्तर कोरियाले आफ्नो आणविक हतियार भण्डार विस्तार गर्ने बारम्बारको घोषणाका बाबजुद उनीहरूको यो भनाइ आएको हो ।

दक्षिण कोरियाली रक्षामन्त्री आजल ग्यू ब्याकले सियोलमा जापानी समकक्षी सिनजिरो कोइजुमीबीच यो बैठक उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो देशको रक्षा क्षमता मजबुत बनाउने, नौसेनालाई आणविक हतियारले सुसज्जित गर्ने र मिसाइल परीक्षणलाई तीव्रता दिने प्रतिज्ञा गरेपछि भएको हो ।

दुई दिने भ्रमणमा रहेका कोइजुमीसँगको बैठकमा दुवैले रक्षा सहकार्यलाई थप गहिरो बनाउने उपायहरू खोज्ने सहमति गरेका छन् ।

सियोल र टोकियो दुवै वाशिङ्गटनका सुरक्षा सहयोगी हुन्, तर दुई देशका सेनाबीचको सहकार्य २० औं शताब्दीको सुरुमा जापानको उपनिवेशकालीन शासनबाट उत्पन्न ऐतिहासिक तनावका कारण हुन सकेको छैन ।

दुवै पक्षले ‘कोरियाली प्रायद्वीपको पूर्ण आणविक निरस्त्रीकरण र स्थायी शान्ति स्थापना गर्ने प्रतिबद्धता दोहो¥याएका छन् र दक्षिण कोरिया–जापान द्विपक्षीय सहकार्यका साथै दक्षिण कोरिया–जापान–अमेरिका त्रिपक्षीय सहकार्यलाई निरन्तरता दिने सहमति गरेका छन्,” दक्षिण कोरियाको रक्षा मन्त्रालयले द्विपक्षीय बैठकपछि जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो बैठक दुई देशबीच नौ वर्षपछि पहिलो पटक संयुक्त समुद्री खोज तथा उद्धार अभ्यास भएको केही हप्तापछि भएको हो, जसलाई रक्षा सहकार्यलाई नजिक ल्याउने अर्को कदमको रूपमा हेरिएको छ ।

यद्यपि दुवै रक्षामन्त्रीहरूले प्रायद्वीपलाई आणविक हतियारमुक्त बनाउने प्रतिबद्धता दोहो¥याएका छन्, तर प्योङयाङले हालै मात्र आफ्नो आणविक भण्डार कायम राख्ने र विस्तार गर्ने प्रतिज्ञा गरेको छ ।

उत्तर कोरियाली नेता किम जोङ उनले यो महिनाको सुरुतिर दक्षिण कोरिया र अमेरिकाको सैन्य आधुनिकीकरण प्रयासले क्षेत्रलाई ‘आणविक युद्धको किनारमा’ पु¥याएको भन्दै आफ्नो देशको रक्षा क्षमता बढाउने घोषणा गरेका थिए ।

उहाँले आफ्नो नौसेनालाई आणविक हतियारले सुसज्जित गर्ने र ठूला युद्धपोत निर्माण गर्ने पनि प्रतिज्ञा गर्नुभएको छ ।

सन् २०१९ मा किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हनोईमा भएको शिखर सम्मेलन आणविक निरस्त्रीकरण र प्रतिबन्ध हटाउने विषयमा असफल भएपछि उत्तर कोरियाले आफूलाई ‘अपरिवर्तनीय’ आणविक शक्ति भएको घोषणा गर्दै आएको छ ।

कोरियाली युद्ध शान्ति सन्धि होइन, युद्धविराम सम्झौतामा समाप्त भएकोले उत्तर कोरिया र दक्षिण कोरिया अझै पनि प्राविधिक रूपमा युद्धकै अवस्थामा छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उपचारका लागि अस्पतालमा ‘ट्र्याज प्रणाली’ लागू
२०८३ असार १४, आइतबार
इरानको आक्रामकताले उसैको अस्तित्वमा खतरा निम्त्याउनेछ : राष्ट्रपति ट्रम्प
२०८३ असार १४, आइतबार
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक सोमबार बस्ने
२०८३ असार १४, आइतबार
असार १६ र १७ गते भारी वर्षाको सम्भावना
२०८३ असार १४, आइतबार
सङ्घीयता कार्यान्वयन : २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै
२०८३ असार १४, आइतबार
रास्वपाको सङ्घीयता सम्बन्धी प्रस्ताव अवसरवादी र अपरिपक्वः वर्षमान पुन
२०८३ असार १४, आइतबार
कोरियाली प्रायद्वीपलाई आणविक हतियार मुक्त बनाउने दक्षिण कोरिया र जापानको पुनः प्रतिबद्धता
२०८३ असार १४, आइतबार