असार १५, २०८३ सोमबार June 29, 2026

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिना यसै बर्ष स्वदेश फर्किने

तत्कालिन सरकारले भारतमाथि दवाव दिएपछि विग्रिएको भारत र बङ्गलादेशबीचको सम्बन्ध अहिले निर्वाचित सरकार आएसँगै सुधारिदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नयाँ दिल्ली, १५ असार (रासस/एएफपी): विद्यार्थी नेतृत्वको विद्रोहपछि भारतमा निर्वासनमा रहेकी बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसीनाले यो वर्ष आफ्नो देश फर्किने प्रतिबद्धता जनाउनुभएको छ ।

उहाँले आइतबार प्रकाशित एक अन्तर्वार्तामा आफू यसै बर्ष स्वदेश फर्किने उल्लेख गर्नुभएको छ ।

उहाँविरुद्ध गत महिनाहरूमा मानवता विरुद्धको अपराधमा अनुपस्थितिमै मृत्युदण्डको फैसला सुनाइएको थियो ।

सन् २०२४ को अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहले ७८ वर्षीया आवामी लिगकी नेतृसमेत रहनुभएकी पूर्वप्रधानमन्त्री हसीनाको १५ वर्ष लामो कठोर शासन अन्त्य गरेपछि सुरक्षाका लागि केही निकट आफन्तसहित उहाँ छिमेकी भारततर्फ भाग्नुभएको थियो ।

त्यसपछि नयाँ दिल्लीको एउटा पत्रकार सम्मेलनमा जनवरीमा प्रसारित सम्बोधनमा बाहेक उहाँ सार्वजनिक रूपमा देखिनुभएको छैन ।

भारतीय ब्रोडकास्टर एनडिटिभीसँगको अन्तर्वार्तामा हसीनाले आफू मृत्युसँग नडराउने बताउनुभएको छ । उहाँले आफूलगायतका आफ्ना सहयोगीविरुद्धको फैसलालाई ‘अवैध, असंवैधानिक र राजनीतिक रूपमा प्रेरित’ प्रक्रियाको एक भाग भन्नुभएको छ।

हसीनाले भन्नुभयो, “मेरो विरुद्ध धेरै षड्यन्त्र रचिएका छन् । तर हरेक षड्यन्त्रको जाल तोड्दै मलाई जनताको मतबाट पाँच पटक प्रधानमन्त्री चुनिएको छ र मैले लामो समय देशको अभूतपूर्व विकासमा काम गरेको छु।”

पूर्व प्रधानमन्त्री हसीनाले भन्नुभयो, “म स्पष्ट रूपमा भन्न चाहन्छुः हरेक बाधा र हरेक षड्यन्त्रलाई पार गर्दै यो वर्ष म आफ्नो देश फर्किनेछु।” गत नोभेम्बरमा ढाका अदालतले हसीनालाई उत्तेजना फैलाउने, हत्या आदेश दिने र अत्याचार रोक्न नसकेको अभियोगमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो ।

एक समय देशको सबैभन्दा लोकप्रिय दल उहाँको पूर्व सत्तारूढ दल अवामी लिगलाई कुनै गतिविधि गर्न अहिले प्रतिबन्धित गरिएको छ ।

हसीनाको भारत पलायनपछि बनेको अन्तरिम सरकारका समय नेतृ हसीनालाई सुपुर्दगी गर्न तत्कालिन सरकारले भारतमाथि दवाव दिएपछि विग्रिएको भारत र बङ्गलादेशबीचको सम्बन्ध अहिले निर्वाचित सरकार आएसँगै सुधारिएको छ । फेब्रुअरीमा प्रधानमन्त्री तारिक रहमानले १७ करोड जनसङ्ख्या भएको बङ्गलादेशको प्रधानमन्त्री बन्न भारी मतले चुनाव जितेपछि यो सुधार भएको हो । यद्यपि, तनाव अझै कायम छ । बङ्गलादेशले बारम्बार हसीनाको सुपुर्दगीको माग गरिरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धान उत्पादनका लागि क्षेत्रफल विस्तार गरिनुपर्छ : मन्त्री चौधरी
२०८३ असार १५, सोमबार
राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८३ असार १५, सोमबार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
२०८३ असार १५, सोमबार
चितवनका विद्यार्थी धान रोप्न सिक्दै
२०८३ असार १५, सोमबार
यान्त्रिकीकरण मार्फत कृषि उत्पादन लागत घटाइनेछ : प्रदेश मन्त्री मन्सुरी
२०८३ असार १५, सोमबार
उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो: सभामुख अर्याल
२०८३ असार १५, सोमबार
कृषि क्षेत्रको विकास र किसानका समस्या समाधान होस् : अध्यक्ष दाहाल
२०८३ असार १५, सोमबार