काठमाडौं, असार १६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित केन्द्रीय सदस्यहरुको शपथ भोलि बुधबार हुने भएको छ ।
रास्वपाको प्रथम महाधिवेशनबाट निर्वाचित भएका ९९ जना केन्द्रीय सदस्यको शपथ भोली दिउँसो पार्टी केन्द्रीय कार्यालय हुने पार्टीको निर्वाचन आयोगले जनाएको छ ।
सभापति रवि लामिछाने, उपसभापति सोविता गौतम, महामन्त्री विपीन आचार्य, सहमहामन्त्री हरि ढकाल, असिम शाह र निशा डाँगीले शपथ लिइसकेका छन् । अब ९९ जना केन्द्रीय सदस्यले पार्टी सभापति लामिछानेबाट पद तथा गोपनियताको शपथ लिनेछन् । शपथपछि नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक बस्नेछ ।
बैठकमा सभापति लामिछानेले मनोनीत गर्ने केन्द्रीय सदस्यको प्रस्ताव गर्न सक्नेछन् । रास्वपाको विधानअनुसार सभापति लामिछानेले ५१ केन्द्रीय सदस्य मनोनीत गर्ने व्यवस्था छ ।
केन्द्रीय सदस्य मनोनीत गरेपछि पदाधिकारी मनोनीत हुनेछन् । जसअनुसार सभापतिले उपसभापति, महामन्त्री, दुई सहमहामन्त्री, कोषाध्यक्ष, दुई सहकोषाध्यक्ष, प्रवक्ता र तीन जना सहप्रवक्ता मनोनीत गर्ने विधानको व्यवस्था छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया