असार १७, २०८३ बुधबार July 1, 2026

भारतको नयाँ सेना प्रमुखमा जनरल धीरज सेठको आगमन

भारतको नयाँ सेना प्रमुखको जिम्मेवारीमा जनरल धीरज सेठ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ। जनरल धीरज सेठले भारतको नयाँ सेना प्रमुखको जिम्मेवारी सम्हालेका छन्। उनले सोमबार (जुन ३०) औपचारिक रूपमा पदभार ग्रहण गर्दै भारतका ३१औँ सेना प्रमुख बनेका हुन्।

उनले चार दशकभन्दा बढी समय भारतीय सेनामा सेवा गरेका निवर्तमान सेना प्रमुख जनरल उपेन्द्र द्विवेदीको स्थान लिएका हुन्। जनरल द्विवेदीले लामो सैनिक सेवापछि अवकाश प्राप्त गरेसँगै जनरल सेठलाई भारतीय सेनाको नेतृत्वको जिम्मेवारी दिइएको हो।

समाचार एजेन्सी पीटीआईका अनुसार जनरल सेठ प्रतिष्ठित राष्ट्रिय रक्षा एकेडेमी (एनडीए), खडकवासला का पूर्वछात्र हुन्। उनी डिसेम्बर १९८६ मा भारतीय सेनाको आर्मर्ड कोर्प्स मा कमिसन भएका थिए र त्यसयता विभिन्न महत्त्वपूर्ण जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका छन्।

सेना प्रमुख नियुक्त हुनुअघि उनले उपसेना प्रमुखका रूपमा कार्य गर्दै रणनीतिक योजना, सैनिक आधुनिकीकरण तथा सञ्चालनसम्बन्धी महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

जनरल सेठसँग सीमा सुरक्षा, सैन्य नेतृत्व, रणनीतिक योजना र उच्चस्तरीय कमाण्डको लामो अनुभव रहेको बताइएको छ। भारतले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सुरक्षा चुनौतीबीच नयाँ नेतृत्वमा सेनाको आधुनिकीकरण र क्षमता अभिवृद्धिलाई निरन्तरता दिने अपेक्षा गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया