मंग्सिर २, २०८३ बुधबार November 18, 2026

सुकीको अज्ञात नजरबन्द

सुकीलाई नजरबन्दमा सारिएको भनिए पनि गोप्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

न्यापिडो (म्यान्मा), १८ असार (रासस/एएफपी) : म्यान्माकी अपदस्थ नेतृ आङ सान सुकीलाई सैन्य सरकारले राजधानी न्यापिडोमा नजरबन्दमा राखेको जनाएको भए पनि उहाँलाई वास्तवमा कहाँ राखिएको छ भन्ने विषय अझै रहस्यमै छ । सन् २०२१ को सैनिक ‘कू’ पछि सार्वजनिक रूपमा नदेखिनुभएकी ८१ वर्षीया सुकीको ठेगाना सैन्य अधिकारी, राजनीतिज्ञ र राजधानीका स्थानीय बासिन्दासमेतलाई थाहा नभएको बताइएको छ ।

सैनिक शासक मिन आङ ह्लाइङले अप्रिलमा सुकीलाई न्यापिडो जेलबाट नजरबन्दमा सारिएको घोषणा गर्दै त्यसलाई दयाको कदमका रूपमा प्रस्तुत गर्नुभएको थियो । तर आलोचकहरूले उहाँ अझै कडा निगरानीमा रहेको अज्ञात स्थानमा अलग्गै राखिएकाले यो निर्णय सुकीप्रतिको अन्तर्राष्ट्रिय दबाब कम गर्ने प्रयास मात्र भएको बताएका छन् ।

न्यापिडो करिब १० लाख जनसङ्ख्या भएको विशाल योजनाबद्ध राजधानी हो । यहाँ जङ्गल, धानबारी र फराकिला बहुलेन सडकबीच सरकारी परिसरहरू छरिएर रहेका छन् । सहरको संरचना नै सुरक्षा र गोपनीयतालाई प्राथमिकता दिएर निर्माण गरिएकाले यहाँ कसैको ठेगाना पहिचान गर्न कठिन हुने विज्ञहरूको भनाइ छ । सैन्य समर्थक युनियन सोलिडेरिटी एन्ड डेभलपमेन्ट पार्टी (युएसडिपी) का नेता थेइन तुन ओओले समेत सुकी कहाँ हुनुहुन्छ भन्ने जानकारी आफूलाई नभएको स्वीकार गर्नुभएको छ ।

सन् २००५ मा तत्कालीन सैन्य शासक थान श्वेले राजधानी बनाएको न्यापिडोलाई राजनीतिक विद्रोह र बाह्य हस्तक्षेपबाट सत्ता सुरक्षित राख्ने उद्देश्यले विकास गरिएको सहरी योजनाकारहरूको विश्लेषण छ । विशाल संसद् भवन, खालीजस्तै देखिने सडक, मोबाइल इन्टरनेट अवरोध गर्ने प्रणाली र कडा सुरक्षा व्यवस्थाले सहरलाई बाहिरी संसारबाट अलग्गिएको अनुभूति गराउने उनीहरूको भनाइ छ । कोलम्बिया विश्वविद्यालयका सहायक प्राध्यापक तथा वास्तुविद् गालेन पार्डीका अनुसार न्यापिडोको बनोट परम्परागत सहरी योजनाभन्दा राजनीतिक नियन्त्रणलाई केन्द्रमा राखेर गरिएको हो ।

स्थानीय बासिन्दाले पनि सहरका धेरै स्थान आफूहरूलाई समेत अपरिचित लाग्ने भएकाले सुकी कहाँ राखिनुभएको छ भन्ने अनुमान गर्न नसकिने बताएका छन् । सुरक्षाका कारण नाम सार्वजनिक नगरेकी एक स्थानीय महिलाले सहरका धेरै सडक अझै आफूहरूलाई पनि अलमल लाग्ने बताउँदै सुकीको वास्तविक स्थानबारे कुनै जानकारी नभएको उल्लेख गर्नुभयो ।

स्वतन्त्रता सेनानी आङ सानकी छोरी सुकीले सन् १९८८ मा म्यान्मा फर्किएपछि प्रजातन्त्र आन्दोलनको नेतृत्व गर्नुभएको थियो । त्यसपछि उहाँले वर्षौं नजरबन्द जीवन बिताउनुभएको थियो र सन् १९९१ मा नोबेल शान्ति पुरस्कार प्राप्त गर्नुभएको थियो । पछि सैनिक शासनले सीमित लोकतान्त्रिक व्यवस्थामा उहाँलाई शासन गर्न दिए पनि सन् २०२१ को सैनिक ‘कू’ पछि उहाँलाई पुनः गिरफ्तार गरिएको थियो । त्यसयता अधिकारवादी समूहहरूले राजनीतिक उद्देश्यले लगाइएका आरोपका आधारमा उहाँलाई कैदमा राखिएको भन्दै आलोचना गर्दै आएका छन् ।

सुरक्षा निकायका दुई स्रोतले सुकीलाई नजरबन्दमा सारिएको भनिए पनि उहाँलाई कुन क्षेत्रमा राखिएको छ भन्ने जानकारी अधिकांश सुरक्षा अधिकारीसमेतलाई नभएको बताएका छन् । सुकीका छोरा किम एरिसले लन्डनबाट एएफपीसँग कुरा गर्दै आमालाई घरजस्तो सुविधा भएको निवासमा नभई निजी जेलसरहको स्थानमा राखिएको विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार अहिलेको अवस्था विगतका वर्षहरूमा उहाँले भोग्नुभएको नजरबन्द जीवनभन्दा खासै फरक छैन ।

यसैबीच, सुकीको दललाई चुनावबाट बाहिर राखेर सम्पन्न गराइएको निर्वाचनपछि सैनिक समर्थक दल युएसडिपी सत्तामा पुगेको छ । युएसडिपीका सांसद आय चानले सुकीको राजनीतिक युग समाप्त भइसकेको दाबी गर्दै उहाँ रिहा भए पनि अब राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका निर्वाह गर्न नसक्ने टिप्पणी गर्नुभयो । तर सुकी कहाँ राखिनुभएको छ भन्ने प्रश्नको जवाफ उहाँले पनि दिन सक्नुभएन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाको महाधिवेशन नेतृत्व चयनमा मात्र सीमित हुनुहुँदैन : ज्ञानेन्द्र शाही
२०८३ मंग्सिर २, बुधबार
टेलिफोन पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थाको चाँडै अन्त्य हुन्छ : सञ्चारमन्त्री डा. तिमिल्सिना
२०८३ मंग्सिर २, बुधबार
काठमाडौँ-मधेस द्रुतमार्ग सडक आयोजनाको काम निर्धारित समयभित्रै सम्पन्न गर्न मन्त्री लम्सालको निर्देशन
२०८३ मंग्सिर २, बुधबार
तातोपानी नाका तत्काल खुलाउन चीनसँग परराष्ट्रमन्त्री खनालको आग्रह
२०८३ मंग्सिर २, बुधबार
सभामुख अर्याल र चिनियाँ जनसंघका अध्यक्ष याङबीच शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
दानबहादुर कार्कीको रिटमा सर्वोच्चले बोलायो दुवै पक्ष, अन्तरिम आदेशबारे निर्णय हुने
२०८३ मंग्सिर २, बुधबार
एमालेको राष्ट्रिय भेलाः जनजीवनदेखि पार्टीभित्रका समस्या केलाइँदै
२०८३ मंग्सिर २, बुधबार