असार २१, २०८३ आइतबार July 5, 2026

संविधान संशोधन बहसपत्र तयार हुँदै

असार मसान्तभित्र प्रतिवेदन बुझाउने तयारीमा सरकार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असार २१ गते  । संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले असार मसान्तभित्र प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष आफ्नो प्रतिवेदन बुझाउने तयारी गरेको छ । सरकार गठनको १०० दिन पूरा भएको अवसरमा सिंहदरबारमा आयोजित सोही पत्रकार सम्मेलनमा कार्यदलका संयोजक एवं प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहले यसबारे जानकारी दिनुभएको हो ।

सञ्चारकर्मीको जिज्ञासामा कार्यदलका संयोजक शाहले कार्यदलले काम गरिरहेको र असार मसान्तभित्र प्रतिवेदन बुझाउने तयारीमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कार्यदलले काम गरिरहेको छ । हामीले सरोकारवाला विभिन्न पक्ष, संविधानविद् र राजनीतिक दलहरूसँग छलफल गरेका छौँ । अब लगभग प्रतिवेदन लेखनको चरणमा छौँ । असार मसान्तभित्रै प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने छौँ ।” कार्यदल आवश्यक तयारी पूरा गरी हाल प्रतिवेदन लेखन (ड्राफ्टिङ) को अन्तिम चरणमा प्रवेश गरेको छ ।

प्रतिवेदनलाई पूर्णता दिन कार्यदलले पूर्वराष्ट्रपतिहरू, प्रधानमन्त्रीहरू, विभिन्न राजनीतिक दलका नेता, संविधानविद् र सम्बन्धित सरोकारवाला निकायहरूसँग विस्तृत छलफल र सुझाव सङ्कलन गरिसकेको छ ।

वालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भएपछि १३ चैतमा बसेको पहिलो मन्त्रीपरिषद् बैठकले शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची सार्वजनिक गर्नुका साथै मुलुकको दीर्घकालीन राजनीतिक तथा संस्थागत सुधारलगायत विषयमा संविधान संशोधनसम्बन्धी राष्ट्रिय सहमति निर्माण गर्न ‘संविधान संशोधन बहसपत्र’ तयार गरिने उल्लेख गरेको थियो । तत्कालीन मन्त्रीपरिषद्को निर्णय अनुसार देशको शासकीय सुधार, निर्वाचन प्रणाली र दीर्घकालीन राजनीतिक सुधारका लागि ‘संविधान संशोधन बहसपत्र’ तयार गर्न गत १६ चैतमा यो कार्यदल गठन गरिएको थियो । सरकारले १६ चैतमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल गठन गरेको थियो ।गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उखु किसानको ९२ प्रतिशत रकम भुक्तानी गरिएको सरकारको दाबि
२०८३ असार २१, आइतबार
ट्राफिक कारबाहीमा पाँच लाख २८ हजार राजस्व असुली
२०८३ असार २१, आइतबार
प्रतिनिधि सभाका दुई समितिको बैठक बस्दै
२०८३ असार २१, आइतबार
महिला टी-२० विश्वकपको फाइनलमा आज अस्ट्रेलिया र इङल्याण्ड आमने सामने
२०८३ असार २१, आइतबार
सरकारका १०० दिन र १०० बुँदे कार्यक्रमका बारेमा काँग्रेसले छलफल गर्दै
२०८३ असार २१, आइतबार
सुदूरपश्चिमको बजेट : निरन्तरताभित्र नवीनता खोज्ने प्रयास
२०८३ असार २१, आइतबार
आजको मौसम : गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना
२०८३ असार २१, आइतबार