मंग्सिर २, २०८३ बुधबार November 18, 2026

अमेरिकाले जर्मनीलाई टोमाहक मिसाइल बिक्री गर्ने

सम्झौतामा अमेरिकाले अगस्टसम्म टोमाहक मिसाइल र जमिनबाट मार हान्ने ‘टाइफुन लन्चर’ बिक्रीको औपचारिक अनुमति दिने प्रतिबद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः अमेरिकाले जर्मनीलाई लामो दूरीको टोमाहक क्रुज मिसाइल बिक्रीको अनुमति दिएको जर्मन चान्सलर फ्रेडरिक मर्जले बिहीबार बताउनुभएको छ। यसअघि अमेरिकाले जर्मनीलाई टोमाहक दिने वा नदिने बिषयमा केही आशङ्का थियो ।

“अङ्कारामा भएको नाटो बैठकको अवसरमा हामीले अमेरिकी सरकारसँग सहमति गरेका छौँ । हामीले अमेरिकी टोमाहक मिसाइल किन्नेछौँ र जर्मनीमा तैनाथ गर्नेछौँ,’ मर्जले संसद्मा गरेको सम्बोधनमा भन्नुभयो ।

“यो कदमले ‘हाम्रो रक्षामा महत्वपूर्ण रणनीतिक खालीपन पूर्ति हुनेछ,” उहाँले भन्नुभयो।

उहाँले भन्नुभयो, “आवश्यकता अनुसार हामी आफ्नै युरोपेली प्रणाली विकास गर्न त्यसलाई युरोपमा तैनाथ गर्न काम गर्नेछौँ।”

मर्जले टोमाहक कहिले आपूर्ति हुन्छ भन्ने बारे केही बताउनुभएन।

टोमाहक मुख्य रूपमा पनडुब्बी र युद्धपोतबाट प्रक्षेपण गरिन्छन् र एक हजार ६०० किलोमिटरभन्दा बढीको दूरीसम्म पुग्न सक्छन् ।

जर्मन सरकारका स्रोतका अनुसार दुवै देशका रक्षा मन्त्रीहरूले मङ्गलबार टोमाहक मिसाइल सम्झौताका लागि ‘लेटर अफ इन्टेन्ट’ मा हस्ताक्षर गरेका थिए । यसअघि मर्ज र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उच्च सुरक्षा अधिकारीहरूबीच टोमाहकबारे वार्ता भएको थियो।

सम्झौतामा अमेरिकाले अगस्टसम्म टोमाहक मिसाइल र जमिनबाट मार हान्ने ‘टाइफुन लन्चर’ बिक्रीको औपचारिक अनुमति दिने प्रतिबद्धता गरेको छ । तर कति मिसाइल किन्ने भन्ने सङ्ख्या गोप्य राखिनेछ।

बर्लिनले अमेरिकी टोमाहकजस्तै लामो दूरीका क्रुज मिसाइलको तैनाथीलाई रुसविरुद्धको आफ्नो प्रतिरोध रणनीतिको मुख्य भाग मान्छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाको महाधिवेशन नेतृत्व चयनमा मात्र सीमित हुनुहुँदैन : ज्ञानेन्द्र शाही
२०८३ मंग्सिर २, बुधबार
टेलिफोन पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थाको चाँडै अन्त्य हुन्छ : सञ्चारमन्त्री डा. तिमिल्सिना
२०८३ मंग्सिर २, बुधबार
काठमाडौँ-मधेस द्रुतमार्ग सडक आयोजनाको काम निर्धारित समयभित्रै सम्पन्न गर्न मन्त्री लम्सालको निर्देशन
२०८३ मंग्सिर २, बुधबार
तातोपानी नाका तत्काल खुलाउन चीनसँग परराष्ट्रमन्त्री खनालको आग्रह
२०८३ मंग्सिर २, बुधबार
सभामुख अर्याल र चिनियाँ जनसंघका अध्यक्ष याङबीच शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
दानबहादुर कार्कीको रिटमा सर्वोच्चले बोलायो दुवै पक्ष, अन्तरिम आदेशबारे निर्णय हुने
२०८३ मंग्सिर २, बुधबार
एमालेको राष्ट्रिय भेलाः जनजीवनदेखि पार्टीभित्रका समस्या केलाइँदै
२०८३ मंग्सिर २, बुधबार