श्रावण २, २०८३ शनिबार July 18, 2026

‘राष्ट्रले प्रखर बौद्धिक व्यक्तित्व गुमायो’-गगन थापा

राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व, नैतिक नेतृत्व र लोकतन्त्रका सजग पहरेदारलाई गुमाएको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेको निधनसँगै राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व, नैतिक नेतृत्व र लोकतन्त्रका सजग पहरेदारलाई गुमाएको बताएका छन् ।

नागरिक अगुवा पाण्डेको निधन भएकामा गहिरो दुःख व्यक्त गर्दै सभापति थापाले जारी गरेको शोक सन्देशमा नागरिक स्वतन्त्रता, समानता, मानव अधिकार र लोकतान्त्रिक चेतनाका पक्षमा पाण्डेले जीवनभर निर्भीकतापूर्वक निर्वाह गरेको योगदानको स्मरण गरेका छन् ।

अर्थ सचिव, अर्थमन्त्री, विकास चिन्तक तथा सुशासनका अभियन्ताका रूपमा उनले देशको अर्थतन्त्र, सार्वजनिक प्रशासन र विकाससम्बन्धी बहसलाई नयाँ दृष्टि दिएको सभापति थापाले सन्देशमा उल्लेख गरे । डा. पाण्डेको शुक्रबार साँझ निधन भएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया