श्रावण ६, २०८३ बुधबार July 22, 2026

गोंगबु होटल हत्या प्रकरणमा दुई युवक पक्राउ, ७ दिन म्याद थप

प्रारम्भिक अनुसन्धानबाट दानबहादुरले होटलमा कोठा बुक गरेको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । गोंगबु बसपार्क नजिकैको होटलमा महिला मृत भेटिएको विषयमा एक सन्दिग्ध २ युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार बिहान ११ बजेतिर मित्रनगरस्थित होटल माउण्ट एल्भिसको चौथो तलाको कोठामा धनगढी स्थायी ठेगाना बताउने २८–३० वर्षकी निशा सुनार मृत अवस्थामा भेटिएकी थिइन् ।

घटनामा संलग्नहरूको खोजतलास गर्ने क्रममा बाँके प्रहरीले जुम्ला, चन्दननाथ गाउँपालिका १ घर भई हाल नेपालगञ्ज उपमहानगरपालिका बस्ने २० वर्षीय दानबहादुर शाही र दैलेख, डुड्गेश्वर गाउँपालिका ६ घर भई महाराजगंञ्ज बस्दै आएका रमेश बुढालाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट दानबहादुरले होटलमा कोठा बुक गरेका थिए । रमेश बुढाले युवतीलाई कोठामा लिएर गएपछि दानबहादुर त्यहाँबाट हिँडेको र रमेशले हत्या गरेको बताइएको छ ।

उनीहरूमााथि कर्तव्य ज्यान मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया