मंग्सिर २, २०८३ बुधबार November 18, 2026

युक्रेनको सैन्य नेतृत्वमा व्यापक फेरबदल

हालै गरिएको सरकारी पुनर्गठनपछि सेना प्रमुख र रक्षामन्त्री दुवैले पद गुमाएका छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

किएभ, साउन ६ गते । रुसविरुद्धको युद्धलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित युक्रेनले आफ्नो सैन्य नेतृत्वमा व्यापक फेरबदल गरेको छ । राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले सार्वजनिक दबाब र युद्ध रणनीतिमा सुधारको आवश्यकतालाई ध्यानमा राख्दै सेना प्रमुखसहित उच्च सैन्य नेतृत्व परिवर्तन गर्नुभएको हो ।

हालै गरिएको सरकारी पुनर्गठनपछि सेना प्रमुख र रक्षामन्त्री दुवैले पद गुमाएका छन् । निवर्तमान सेना प्रमुख र रक्षामन्त्रीबिच देखिएको मतभेदले युद्ध सञ्चालनमा असर पार्ने चिन्ता बढिरहेका बेला यो निर्णय आएको हो । युक्रेनले यस वर्ष युद्धका विभिन्न मोर्चामा उल्लेखनीय प्रगति गरेको दाबी गर्दै आएको छ ।

नयाँ सेना प्रमुखका रूपमा ४३ वर्षीय मेजर जनरल मिखाइलो द्रापाती नियुक्त हुनुभएको छ । उहाँ युक्रेनी सेनाको नयाँ पुस्ताका कमान्डर मध्ये एक मानिनुहुन्छ र सन् २०१४ मा रुसले क्रिमिया कब्जा गरेपछि सुरु भएको द्वन्द्वदेखि आफ्नो नेतृत्व क्षमता र साहसका कारण परिचित हुनुहुन्छ । राष्ट्रपति जेलेन्स्कीले द्रापाती र अन्य सैन्य कमान्डरलाई कोर प्रणालीमा सुधार, हतियार तथा ड्रोनको आपूर्ति तीव्र बनाउने, रुसको आक्रमणविरुद्ध हवाई प्रतिरक्षा थप सुदृढ गर्ने तथा स्पष्ट परिचालन रणनीति तयार पार्ने निर्देशन दिनुभएको छ ।

blogयसैबिच, निवर्तमान रक्षामन्त्रीसँग पनि राष्ट्रपति जेलेन्स्कीले छुट्टै छलफल गर्नुभएको थियो । ३५ वर्षीय प्रविधिमैत्री उद्यमी मिखाइलो फेडोरोभलाई युक्रेनको ड्रोन प्रविधिको तीव्र विकास गराएर युद्ध क्षेत्रमा रणनीतिक लाभ दिलाएको श्रेय दिइन्छ । फेडोरोभले पूर्व कमान्डर-इन-चिफ जनरल ओलेक्सान्डर सिरस्कीको कार्यशैलीको सार्वजनिकरूपमा आलोचना गर्दै उहाँले आवश्यक सैन्य सुधारमा अवरोध पुर्याएको आरोप लगाउनुभएको थियो ।

सिरस्की सोभियत संघकालमा सैन्य तालिम प्राप्त पुराना पुस्ताका कमान्डर हुनुहुन्छ । फेडोरोभलाई पुनः जिम्मेवारीमा फर्काउन र सिरस्कीलाई हटाउन माग गर्दै किएभसहित विभिन्न सहरमा प्रदर्शनसमेत भएका थिए । प्रदर्शनकारीले फेडोरोभलाई सैन्य आधुनिकीकरणका प्रमुख अभियन्ताका रूपमा हेरेका थिए । राष्ट्रपति जेलेन्स्कीले फेडोरोभलाई सरकारभित्रै प्रविधि क्षेत्रको समन्वय गर्ने सम्मानजनक नयाँ जिम्मेवारी प्रस्ताव गर्नुभएको छ ।

उहाँले उक्त प्रस्ताव स्वीकार गर्नुभएको छ वा छैन भन्ने विषयमा भने औपचारिक जानकारी सार्वजनिक भएको छैन । फेडोरोभले द्रापातीको नियुक्तिलाई स्वागत गर्दै यसलाई स्वतन्त्रता र न्यायका लागि युक्रेनको संघर्षमा नयाँ आशाको सुरुआत भएको प्रतिक्रिया दिनुभएको छ । साथै उहाँले सिरस्कीले किएभको रक्षा, खार्किभ प्रतिआक्रमणसहितका महत्त्वपूर्ण सैन्य अभियानमा पुर्याएको योगदानको प्रशंसा गर्दै ती उपलब्धि युक्रेनको इतिहासको महत्त्वपूर्ण हिस्सा रहने उल्लेख गर्नुभएको छ ।

तर अब युक्रेनले अझ तीव्र गतिमा अघि बढ्दै विगतका कमजोरी सुधार्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ । गत साता प्रधानमन्त्रीसहित सरकारका प्रमुख पदमा गरिएको फेरबदलपछि सुरु भएको राजनीतिक असन्तुष्टि सैन्य नेतृत्व परिवर्तनसँगै थप चर्चामा आएको छ । हजारौँ प्रदर्शनकारी सडकमा उत्रिएपछि राष्ट्रपति जेलेन्स्कीले अन्ततः सैन्य नेतृत्वमा व्यापक पुनःसंरचना गर्ने निर्णय लिनुभएको हो । रासस/एपी 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तातोपानी नाका तत्काल खुलाउन चीनसँग परराष्ट्रमन्त्री खनालको आग्रह
२०८३ मंग्सिर २, बुधबार
सभामुख अर्याल र चिनियाँ जनसंघका अध्यक्ष याङबीच शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
दानबहादुर कार्कीको रिटमा सर्वोच्चले बोलायो दुवै पक्ष, अन्तरिम आदेशबारे निर्णय हुने
२०८३ मंग्सिर २, बुधबार
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो
२०८३ मंग्सिर २, बुधबार
त्रिवि पुनर्संरचनाअन्तर्गत पीएन क्याम्पसलाई स्वायत्त बनाउने गृहकार्य सुरु
२०८३ मंग्सिर २, बुधबार
त्रिभुवन विमानस्थलबाट १ किलो ८०३ ग्राम सुनसहित चिनियाँ नागरिक पक्राउ
२०८३ मंग्सिर २, बुधबार
मोरङमा निःशुल्क आँखा शिविर, ३ हजार ५०० को परीक्षण र २७५ जनाको मोतियाबिन्दुको शल्यक्रिया
२०८३ मंग्सिर २, बुधबार