असोज ९, २०८३ शुक्रबार September 25, 2026

किसानका ‘डिजिटल’ सल्लाहकार ‘एप’

पछिल्ला वर्षहरूमा नेपाल सरकारले पनि कृषि क्षेत्रमा डिजिटल प्रविधि प्रयोगलाई प्राथमिकता दिन थाले

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, साउन २६ गते । नेपालका अधिकांश किसानले खेतीसम्बन्धी समस्या पर्दा पहिले गाउँका अगुवा किसान, कृषि सहकारी वा नजिकको कृषि कार्यालय धाउने गर्थे । तर अहिले अवस्था बिस्तारै बदलिँदै गएको छ । हातहातमा पुगेको स्मार्ट फोनले किसानलाई कृषि प्राविधिक, मौसमविद् र बजार विश्लेषकसँग जोड्ने नयाँ माध्यम बनेको छ ।

भौगोलिक विकटता र कृषि प्रसार सेवामा जनशक्ति अभावका कारण किसानसम्म कृषि प्रविधि तथा सूचना पु¥याउन चुनौती भइरहेका बेला मोबाइल एप प्रभावकारी विकल्पका रूपमा देखिएको हो ।

काभ्रेपलाञ्चोक मन्डनदेउपुरका अग्रणी किसान राजन सापकोटा मौसम र बजारको जानकारी मोबाइल फोनबाटै लिएको बताउनुहुन्छ । “मेरा लागि मोबाइल एपै मेरो खेती गर्ने सल्लाहकार हुन्,” सापकोटाले भन्नुभयो ।  लामो समयदेखि कृषि अनुसन्धान तथा प्रसार क्षेत्रमा सक्रिय कृष्ण धितालका अनुसार नेपालमा एक जना कृषि प्राविधिकले औसतमा एक हजार ३३३ घरधुरी किसानलाई सेवा दिनुपर्ने अवस्था छ । सीमित जनशक्तिका कारण सबै किसानसम्म प्रत्यक्ष रूपमा पुग्न सम्भव छैन । “किसानको हातमा अहिले स्मार्ट फोन छ । त्यसैले कृषि सूचना प्रवाहको सबैभन्दा छिटो माध्यम मोबाइल एप बन्न सक्छ,” उहाँ भन्नुहुन्छ ।

पछिल्ला वर्षहरूमा नेपाल सरकारले पनि कृषि क्षेत्रमा डिजिटल प्रविधि प्रयोगलाई प्राथमिकता दिन थालेको छ । कृषि वन, पर्यावरण मन्त्रालयले सञ्चालनमा ल्याएको एमपिस एप किसानका लागि उपयोगी डिजिटल प्लेटफर्मका रूपमा विकास भइरहेको छ । यस प्रणालीमार्फत किसानले कृषि बजारको थोक मूल्य, बजार अनुसारको मूल्यको तुलना, कृषि उपजको मूल्य प्रवृत्ति, कृषि मौसम सल्लाह बुलेटिन, कृषि बजारको सल्लाह बुलेटिन र सम्पर्क गर्ने माध्यमबारे जानकारी पाउने छन् ।  सो एपमा कृषि कार्यक्रमको जानकारी, विभिन्न सरकारी सेवा तथा अनुदानसम्बन्धी सूचना, कृषि तथ्याङ्क र अन्य सेवामा पहुँच विस्तार गर्ने प्रयास भइरहेको मन्त्रालयले उल्लेख गरेको छ ।  यसका अतिरिक्त विभिन्न डिजिटल प्लेटफर्मले पनि किसानलाई आवश्यक जानकारी उपलब्ध गराइरहेका छन् ।

उत्पादनका आधार

कृषि, वन तथा पर्यावरण मन्त्रालयमा कार्यरत वरिष्ठ कृषि प्रसार अधिकृत दीपक पौडेल कृषि उत्पादन वृद्धि गर्न मल, बिउ वा सिँचाइ जत्तिकै महत्वपूर्ण विषय सही सूचना भएको उल्लेख गर्नुभयो ।

“कुन समयमा कुन बाली लगाउने, कुन रोगको जोखिम छ, आगामी साताको मौसम कस्तो रहने छ, बजारमा मूल्य कति छ भन्ने जानकारीले किसानको निर्णय निर्धारण गर्छ,” उहाँ भन्नुहुन्छ । उहाँका अनुसार समयमै प्राप्त हुने सूचनाले उत्पादन लागत घटाउन र आम्दानी बढाउन मद्दत पु¥याउँछ । यसले घुसुवा बालीबाट किसानको आम्दानी बढाउनसमेत सहयोग मिल्ने उहाँ उल्लेख गर्नुभयो ।

क्षमता बढ्दै

धादिङका किसान रूपा सुवेदीले मोबाइल एप प्रयोग गर्न थालेपछि तरकारी बिक्रीमा फरक अनुभव गर्नुभएको छ । “पहिले व्यापारीले जे मूल्य भन्यो त्यहीमा बेच्नुपथ्र्यो,” उहाँ भन्नुहुन्छ, “अहिले कालीमाटीलगायतका बजारको मूल्य हेरेर मात्रै बिक्री गर्छु । बजार मूल्य थाहा भएपछि व्यापारीसँग कुरा गर्न सजिलो भएको छ ।” उहाँले आफ्ना किसान साथीलाई समेत तरकारीको मूल्यबारे कुरा गर्ने थलोका रूपमा मोबाइललाई लिएको उल्लेख गर्नुभयो । कृषि विज्ञहरूका अनुसार यस्ता डिजिटल उपकरणले किसान र बजारबिचको सूचना असमानता घटाइरहेका छन् ।  यसले किसानको सौदाबाजी क्षमता बढाउन सहयोग गरेको छ ।

जलवायुसँग जुध्न सहयोग

कृषि क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव बढिरहेका बेला मौसम र जोखिमसम्बन्धी सूचना दिने एपको महत्व पनि बढ्दै गएको छ । हाल नेपालमा दुई दर्जनभन्दा बढी कृषि एप प्रयोगमा भए पनि सबै एप प्रभावकारी रूपमा सञ्चालनमा छैनन् । कतिपय एप नियमित रूपमा अद्यावधिक नहुँदा प्रयोगकर्ता घट्ने गरेका छन् ।

कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाउने सरकारी लक्ष्य हासिल गर्न यस्ता डिजिटल उपकरण प्रभावकारी माध्यम बन्न सक्ने देखिएको छ । किसानले सही सूचना, सही समयमा प्राप्त गर्न सके कृषि उत्पादन र आम्दानी दुवै बढ्ने अपेक्षा गरिएको छ ।गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः स्वास्थ्यमन्त्री मेहता
२०८३ असोज ९, शुक्रबार
‘जलवायु न्याय’ संयुक्त राष्ट्रसङ्घको दस्तावेजमा मात्र सीमित हुन हुँदैनः प्रधानमन्त्री (पूर्णपाठ)
२०८३ असोज ९, शुक्रबार
जलवायु न्यायको कुरा वाक्यांशमा मात्र सीमित हुनुहुँदैनः प्रधानमन्त्री
२०८३ असोज ९, शुक्रबार
काठमाडौँ जोड्ने राजमार्ग बन्दः रोकिए सार्वजनिक बस
२०८३ असोज ९, शुक्रबार
एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक,डिजिटलु र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री
२०८३ असोज ९, शुक्रबार
देशभरका सबै स्थानीय तहहरूलाई उच्च सतर्कता अपनाउन मन्त्रालयको आग्रह
२०८३ असोज ९, शुक्रबार
प्रधानमन्त्री शाह र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
२०८३ असोज ९, शुक्रबार