श्रावण २७, २०८३ बुधबार August 12, 2026

लिबियामा द्वन्द्व अन्त्य गरी, हिंसाका लागि जवाफदेही हुन राष्ट्रसङ्घको आह्वान

सबै पक्षहरूलाई अन्तर्राष्ट्रिय मानवीय कानून र अन्तर्राष्ट्रिय मानव अधिकार कानूनको पालना गर्न आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

त्रिपोली (लिबिया), २७साउन : संयुक्त राष्ट्र सहायता मिसन (युएनएसएमआईएल) ले लिबियाको पश्चिमी शहर जावियामा भएको झडपलाई तत्काल रोक्न र हिंसाका लागि जिम्मेवार व्यक्तिहरूले जवाफदेहीता अपनाउन आह्वान गरेको छ ।

एक विज्ञप्तिमा मिसनले जावियामा चलिरहेको झडप र सोर्मन सहरमा लडाइँको निन्दा गर्दै सम्बन्धित सबै पक्षहरूलाई शत्रुता अन्त्य गर्न र तनाव बढाउन सक्ने कुनै पनि उत्तेजक कार्यहरूबाट टाढा रहन आग्रह गरेको छ ।

विज्ञप्तिमा उक्त झडपले सर्वसाधारणलाई जोखिममा पारेको उल्लेख गर्दै लडाइँको क्रममा निर्दोश नागरिकको मृत्यु भएको र कयौँ घाइते भएको जनाइएको छ । साथै निजी तथा सार्वजनिक सम्पत्ति लगायत महत्वपूर्ण पूर्वाधारमा व्यापक क्षति पुगेको जनाइएको छ ।

मिसनले सार्वजनिक सुरक्षामा चिन्ता व्यक्त गर्दै सोरमानमा भएको झडपले धेरै कैदीहरू भाग्न सक्ने अवस्था पनि निम्त्यायो उल्लेख गरेको छ ।

मिसनले सबै पक्षहरूलाई अन्तर्राष्ट्रिय मानवीय कानून र अन्तर्राष्ट्रिय मानव अधिकार कानूनको पालना गर्न आग्रह गर्दै मानव वसोवास भएका क्षेत्रहरूमा वा नजिकै हतियारको प्रयोग अस्वीकार्य भएको कुरामा जोड दिएको छ ।

यसले लिबियाका अधिकारीहरूलाई मानव वसोवास भएका क्षेत्रहरूबाट हतियारहरू फिर्ता लिन, सहमती गर्ने प्रयासहरूलाई समर्थन गर्न, थप हिंसा रोक्न, र नागरिकका र महत्त्वपूर्ण पूर्वाधारको रक्षा गर्न एक समन्वित संयन्त्र स्थापना गर्न पनि आह्वान गरेको छ । सिन्ह्वा/रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनियाँ बैज्ञानिकले बनाए कहिल्यै नफुट्ने हीरा
२०८३ श्रावण २७, बुधबार
ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी
२०८३ श्रावण २७, बुधबार
लिबियामा द्वन्द्व अन्त्य गरी, हिंसाका लागि जवाफदेही हुन राष्ट्रसङ्घको आह्वान
२०८३ श्रावण २७, बुधबार
परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद
२०८३ श्रावण २७, बुधबार
धनुषा प्रहरीद्वारा ८१ लाख बढीको अवैध सामान बरामद
२०८३ श्रावण २७, बुधबार
बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
२०८३ श्रावण २७, बुधबार
कृषि, वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सिर्जना गरिनेछ: मन्त्री चौधरी
२०८३ श्रावण २७, बुधबार