श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

इन्डोनेसियामा डुङ्गामा आगलागी, ११२ जनाको उद्धार

नौसेनाको एउटा जहाजबाट थप १७ जनालाई पानीबाट उद्धार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः इन्डोनेसियाको पश्चिम नुसा तेङ्गारा प्रान्तको लोम्बोक टापुको पानीमा बुधबार ‘पुत्री यास्मिन’ नामक यात्रु बहाक डुङ्गामा आगलागी भएपछि डुङ्गामा सवार ११२ जनालाई उद्धार गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

एक स्थानीय अधिकारीलाई उदृत गर्दै मिडियाले जनाए अनुसार नजिकैको डुङ्गाले ३६ जनालाई उद्धार गरेर बालीमा फिर्ता ल्याएको थियो भने खोजी तथा उद्धार एजेन्सीको जहाजले ५९ जनालाई उद्धार गरेको जनाएका छन् । नौसेनाको एउटा जहाजले थप १७ जनालाई पानीबाट उद्धार गरेको जनाएको छ ।

डुङ्गामा ११४ जना यात्रु र १७ जना चालक दलका सदस्य रहेको अधिकारीहरुलाई उदृत गरीले स्थानीय मिडियाले जनाएका छन् भने यात्रु तथा चालक दलका सदस्यहरूको हताहत भएको कुनै पनि खबर हाल सम्म पुष्टि भएको छैन ।

पुत्री यास्मिन डुङ्गा बालीबाट नजिकैको टापु लोम्बोकतर्फ जाँदै गर्दा आगलागी भएको तथा आगलागीको कारण अझै सम्म स्पष्ट हुन नसकेको जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
म्याग्दीमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सुरु
२०८३ श्रावण २९, शुक्रबार
स्पेनिश कप २०२७ मा टर्कीमा हुने
२०८३ श्रावण २९, शुक्रबार
सडक सीमा पुनरावलोकन गर्न सभापति लामिछानेको ध्यानाकर्षण
२०८३ श्रावण २९, शुक्रबार
बंगलादेशका भावी राष्ट्रपतिमा बिएनपी उम्मेदवार आलमिगर सुनिश्चित
२०८३ श्रावण २९, शुक्रबार
एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण
२०८३ श्रावण २९, शुक्रबार
पहिरोले घर पुरिँदा बाजुरामा एक जना बेपत्ता, दुई घाइते
२०८३ श्रावण २९, शुक्रबार
आजको मौसम : देशभर मनसुनी वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
२०८३ श्रावण २९, शुक्रबार