मंग्सिर २, २०८३ बुधबार November 18, 2026

पश्चिमी देशमाथि आक्रमण गर्ने पुटिनको चेतावनी

पश्चिमी मुलुकले युक्रेन युद्धका कारण लगाएका प्रतिबन्ध छल्न ‘छाया फ्लीट’ प्रयोग गर्दै आएको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी मुलुकले रूसी व्यापारिक जहाज कब्जा गरे त्यसको जवाफमा रूसले पनि प्रतिशोधात्मक कदम चाल्ने चेतावनी दिएका छन् ।

प्रशान्त महासागरमा रूसी नौसेनाको अभ्यासको अन्तिम चरणका क्रममा बुधबार बोल्दै पुटिनले केही देशका अधिकारीले अन्तरराष्ट्रिय समुद्री कानुन उल्लङ्घन गर्दै रूसी आर्थिक संस्थाका जहाज तथा अन्य शान्तिपूर्ण पानीजहाजको आवागमनमा अवरोध सिर्जना गर्न खोजेको बताए ।

‘यदि उनीहरूले हाम्रा जहाज कब्जा गर्छन् भने हामी पनि त्यस्तै गर्नेछौँ,’ पुटिनले भने ।

पुटिनको टिप्पणी युरोपेली नौसैनिक फौजले रूसी ‘छाया फ्लीट’ अन्तर्गतका भनिएका जहाजमाथि निगरानी, अवरोध र निरीक्षण बढाएका बेला आएको हो ।

भूमध्यसागरमा इटालीको नेतृत्वमा युरोपेली सङ्घ (इयू)ले सञ्चालन गरेका गतिविधि पनि यसमा समावेश छन् । जुलाईको अन्त्यमा इयूले थप ४१ वटा ‘छाया फ्लीट’ जहाजलाई बन्दरगाहमा प्रवेश गर्न प्रतिबन्ध लगाएको थियो ।

साथै, रूसलाई तरल प्राकृतिक ग्यास ९एलएनजी०ढुवानी गर्ने ट्याङ्कर बिक्री गर्दा अनिवार्य रूपमा जानकारी गराउनुपर्ने व्यवस्था पनि गरेको थियो ।

रूसले पश्चिमी मुलुकले युक्रेन युद्धका कारण लगाएका प्रतिबन्ध छल्न ‘छाया फ्लीट’ प्रयोग गर्दै आएको आरोप लाग्दै आएको छ । ती जहाजमार्फत रूसी तेल तथा अन्य वस्तुको ढुवानी हुने गरेको पश्चिमी मुलुकको दाबी छ । पुटिनले जापानले रूसमाथि लगाएका प्रतिबन्धप्रति पनि आपत्ति जनाउँदै एसिया–प्रशान्त क्षेत्रमा तनाव बढिरहेको बताए ।

‘दुर्भाग्यवश, हामी परिस्थितिमा परिवर्तन देखिरहेका छौँ । यी परिवर्तन हाम्रोतर्फबाट भएका कुनै पनि गतिविधिका कारण उत्पन्न भएका होइनन्,’ उनले भने ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तातोपानी नाका तत्काल खुलाउन चीनसँग परराष्ट्रमन्त्री खनालको आग्रह
२०८३ मंग्सिर २, बुधबार
सभामुख अर्याल र चिनियाँ जनसंघका अध्यक्ष याङबीच शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
दानबहादुर कार्कीको रिटमा सर्वोच्चले बोलायो दुवै पक्ष, अन्तरिम आदेशबारे निर्णय हुने
२०८३ मंग्सिर २, बुधबार
त्रिवि पुनर्संरचनाअन्तर्गत पीएन क्याम्पसलाई स्वायत्त बनाउने गृहकार्य सुरु
२०८३ मंग्सिर २, बुधबार
मोरङमा निःशुल्क आँखा शिविर, ३ हजार ५०० को परीक्षण र २७५ जनाको मोतियाबिन्दुको शल्यक्रिया
२०८३ मंग्सिर २, बुधबार
एनपीएल इलिमिनेटरमा आज काठमाडौं र चितवन भिड्दै, विजेताले दोस्रो क्वालिफायर खेल्ने
२०८३ मंग्सिर २, बुधबार
नमोबुद्ध जात्रा : करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला
२०८३ मंग्सिर २, बुधबार