श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

समसामयिक सुरक्षा लगायतका बिषयमा छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र प्रधानसेनापति अशोकराज सिग्देलबीच शुक्रबार सिंहदरबारमा भेटवार्ता भएको छ। प्रधानसेनापति सिग्देल प्रधानमन्त्रीलाई भेट्न प्रधानमन्त्री कार्यालय पुगेका थिए।

भेटवार्ताको विषयबारे प्रधानमन्त्री कार्यालय र नेपाली सेनाले औपचारिक जानकारी दिएका छैनन्। सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले भेटलाई नियमित भेटवार्ताका रूपमा लिएको बताएका छन्।

यसअघि साउन १९ गते पनि प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता भएको थियो। उक्त भेटका क्रममा गोकर्णस्थित नेपाल ट्रस्टको जग्गामा रास्वपाका सांसद राजु पाण्डेको नेतृत्वमा डोजर चलाइएको विषयमा छलफल भएको बताइएको थियो।

शुक्रबारको भेटमा पनि सोही विषय वा अन्य समसामयिक विषयमा छलफल भए/नभएको भने स्पष्ट भएको छैन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिमका मुख्यमन्त्री र एमालेका चार मन्त्रीले लिए शपथ
२०८३ श्रावण २९, शुक्रबार
जेन–जी आन्दोलनका घाइते तथा सहिद परिवारसँगको सम्झौता कार्यान्वयनका लागि सहजीकरण समिति गठन
२०८३ श्रावण २९, शुक्रबार
पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड हो: सभामुख अर्याल
२०८३ श्रावण २९, शुक्रबार
दूरसञ्चार सेवाको गुणस्तर सुधार र दुर्गममा पहुँच विस्तार गर्न सञ्चारमन्त्रीको कडा निर्देशन
२०८३ श्रावण २९, शुक्रबार
प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता
२०८३ श्रावण २९, शुक्रबार
चामलको पानीले अनुहार धुँदा के हुन्छ ?
२०८३ श्रावण २९, शुक्रबार
मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक
२०८३ श्रावण २९, शुक्रबार