श्रावण ३१, २०८३ आइतबार August 16, 2026

इजरायलको अबको चुनाववाट नेतान्याहु प्रधानमन्त्री नबन्न सक्छन्ः सर्वेक्षण

तान्याहु विरोधी ‘चेन्ज ब्लक’ ले ५८ सिट जित्ने अनुमान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जेरूसलेम, ३१ साउन । इजरायलमा अक्टोबर २७ का लागि तय गरिएको निर्वाचन अघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पूर्व सेना प्रमुख गादी आइजेनकोटबाट कडा चुनौतीको सामना गरिरहेको देखिएको छ।

हालै सार्वजनिक भएको ‘जमान इजरायल’को एक नयाँ सर्वेक्षणले आइजेनकोटको विपक्षी दल ‘यासार’ले २५ सिट जित्न सक्ने र नेतान्याहुको ‘लिकुड’ पार्टी भने २१ सिटमा खुम्चिन सक्ने प्रक्षेपण गरेको छ।
अर्को शब्दमा भन्नुपर्दा येश अतिदले लिकुड भन्दा ४ सिटको अग्रता हासिल गरेको छ। विगत केही सातायताका अधिकांश जनमत सर्वेक्षणहरूमा येश अतिद अगाडि रहे पनि त्यो अन्तर निकै साँघुरो थियो । कतिपय सर्वेक्षणले लिकुडलाई बराबरीको स्थितिमा वा केवल एक दुई सिटले पछाडि रहेको देखाएका थिए। नयाँ सर्वेक्षणले भने यो अन्तर बढेर ४ सिट पुगेको देखाएको छ।

सबैभन्दा ठूलो दलको रूपमा उदाए पनि निर्वाचन पछि सरकार गठन गर्नु येश अतिदका लागि सहज हुने छैन। इजरायलको संसद ‘नेसेट’मा कुल १२० सिट छन् र बहुमतका लागि कम्तीमा ६१ सिट आवश्यक पर्छ।

सर्वेक्षणहरूले नेतान्याहु विरोधी ‘चेन्ज ब्लक’ ले ५८ सिट जित्ने अनुमान गरेका छन्। यसको अर्थ, बहुमतका लागि उक्त गठबन्धनलाई मात्र तीन सिटको कमी देखिन्छ।

अर्कोतर्फ नेतान्याहुलाई समर्थन गर्ने दलहरूले कुल ५० सिट जित्ने अनुमान गरिएको छ। अरब दलहरूले १२ सिट हासिल गर्न सक्छन्, तीमध्ये ‘राआम’ र ‘हादाश त अल’ पार्टीले ६–६ सिट जित्ने अपेक्षा गरिएको छ। यसको अर्थ निर्वाचनअघि कुनै पनि प्रमुख समूहसँग सरकार गठन गर्न पर्याप्त स्पष्ट बहुमत छैन।

आइजेनकोटको पक्षमा बढ्दो माहोलका बीच नेतान्याहु विरोधी विपक्षी खेमामा रहेको यायर लापिडको पार्टीले विपक्षी सरकार गठनको बाटोमा अवरोध खडा नगर्ने बताएको छ। यद्यपि, आइजेनकोटलाई प्रधानमन्त्री बनाउने विषयमा आफ्नो पार्टीले समर्थन गर्छ कि गर्दैन भन्ने प्रश्नमा लापिडले स्पष्ट जवाफ दिएको छैन् ।

लापिड येश अतिद पार्टीका दोस्रो वरीयताका नेता हुन्, यस पार्टीको नेतृत्व पूर्वप्रधानमन्त्री नाफ्ताली बेनेटले गर्छन्। उनी पनि बारम्बार प्रधानमन्त्री पदका दाबेदारका रूपमा चर्चामा आउने गरेका छन्। यसअघि आइजेनकोटले नेतान्याहु विरोधी गठबन्धनमा रहेको सबैभन्दा ठूलो दलका नेता नै अर्को प्रधानमन्त्री बन्नुपर्ने बताएका थिए।

यो भनाइले सन् २०२१ देखि २०२२ सम्म प्रधानमन्त्रीका रूपमा सेवा गरेका नाफ्ताली बेनेटको कार्यकाललाई पनि सङ्केत गर्छ। त्यसबेला नेसेट अर्थात इजरायली संसदमा बेनेटको पार्टीसँग जम्मा सात सिट मात्र थियो तैपनि उनी गठबन्धनमार्फत प्रधानमन्त्री बने। यसै कारणले गर्दा प्रधानमन्त्रीका रूपमा उनको नियुक्तिले त्यसबेला निकै बहस सिर्जना गरेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलको अबको चुनाववाट नेतान्याहु प्रधानमन्त्री नबन्न सक्छन्ः सर्वेक्षण
२०८३ श्रावण ३१, आइतबार
भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा
२०८३ श्रावण ३१, आइतबार
प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा बन्द
२०८३ श्रावण ३१, आइतबार
भारतीय प्रधानसेनापति धीरज सेठ काठमाडौं आउँदै
२०८३ श्रावण ३१, आइतबार
नागार्जुनमा २४ विद्यालयबीच नेपाली हिज्जे प्रतियोगिता, ज्योति एकेडेमी प्रथम
२०८३ श्रावण ३१, आइतबार
नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवापछि सेवाग्राही आकर्षित
२०८३ श्रावण ३१, आइतबार
निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्ने
२०८३ श्रावण ३१, आइतबार