श्रावण ३१, २०८३ आइतबार August 16, 2026

भारतीय प्रधानसेनापति धिरज सेठ नेपालमा, सोमबार मानार्थ महारथीको दर्जा ग्रहण गर्दै

नेपाल–भारत सैन्य सम्बन्ध थप बलियो बनाउने सन्देशसहित भारतीय सेनापति सेठ नेपालमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । भारतीय स्थल सेनाका प्रधानसेनापति जनरल धिरज सेठ आइतबार अपराह्न काठमाडौं आइपुगेका छन्। नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा जनरल सेठ चारदिने नेपाल भ्रमणका क्रममा एयर इन्डियाको एआइ २१९ उडानबाट अपराह्न सवा चार बजे पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै काठमाडौँ आइपुगेका आएका हुन्। प्रधानसेनापतिको जिम्मेवारी सम्हालेपछि उनको यो पहिलो विदेश भ्रमण हो।

जनरल सेठलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका उच्च अधिकारीहरूले स्वागत गरेका थिए। उनको नेपाल भ्रमणलाई नेपाल–भारतबीचको परम्परागत सैन्य सम्बन्ध तथा द्विपक्षीय रक्षा सहकार्यलाई थप सुदृढ गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

भ्रमणको प्रमुख कार्यक्रमअन्तर्गत जनरल सेठले भोली सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्नेछन्। शीतल निवासमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति पौडेलले भारतीय प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ।

May be an image of text that says 'SAMSUNG M 0 রপম M'नेपाल र भारतबीच लामो समयदेखि कायम रहेको विशेष सैन्य सम्बन्धअनुसार दुवै देशका प्रधानसेनापतिलाई एकअर्काको सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहँदै आएको छ। यही परम्पराअनुसार भारतीय प्रधानसेनापति सेठलाई पनि नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गर्न लागिएको हो।

भारतीय सेनापतिको होटल सोल्टीमा बासनेपाल भ्रमणका क्रममा जनरल सेठले प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। त्यसैगरी उनले नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देलसँग पनि भेटवार्ता तथा छलफल गर्नेछन्।

दुवै सेनाका प्रमुखबीच हुने भेटवार्तामा नेपाल–भारतबीचको द्विपक्षीय रक्षा तथा सैन्य सहकार्य, तालिम तथा अभ्यास, सैनिक आदानप्रदान, मानवीय सहायता तथा विपद् व्यवस्थापनलगायतका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

भ्रमणका क्रममा भारतीय प्रधानसेनापतिले काठमाडौंस्थित टुँडिखेलमा रहेको सैनिक मञ्चमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम पनि रहेको छ। त्यहाँ उनले नेपाली सेनाप्रति सम्मान प्रकट गर्नेछन्।

भारतीय सेनाको प्रधानसेनापतिको जिम्मेवारी जनरल धिरज सेठले ३० जुन २०२६ मा सम्हालेका थिए। प्रधानसेनापति बनेपछि उनको पहिलो विदेश भ्रमणका रूपमा नेपाल भ्रमण तय भएको हो। यसले नेपाल–भारतबीचको परम्परागत सैन्य सम्बन्धलाई भारतले दिएको प्राथमिकतालाई समेत प्रतिबिम्बित गर्ने नेपाली पक्षको बुझाइ छ।

May be an image of weddingनेपाल र भारतबीच सैन्य क्षेत्रमा लामो समयदेखि उच्चस्तरीय भ्रमण, संयुक्त अभ्यास, तालिम, सैनिक आदानप्रदान तथा विभिन्न प्रकारका सहयोग हुँदै आएको छ। दुवै देशका सेनाबीचको सम्बन्धलाई दुई देशबीचको समग्र सम्बन्धको महत्वपूर्ण आधारका रूपमा समेत लिइन्छ।

चारदिने भ्रमणका क्रममा हुने उच्चस्तरीय भेटवार्ता र सैन्य कार्यक्रमले आगामी दिनमा नेपाल–भारत रक्षा सहकार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। जनरल सेठको भ्रमण सम्पन्न भएपछि उनी भारत फर्कने कार्यक्रम रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपदमा परेकाको उद्धारमा जुटन निर्देशन
२०८३ श्रावण ३१, आइतबार
त्रिविको BIT प्रवेश परीक्षाको नतिजा केही घण्टामै सार्वजनिक
२०८३ श्रावण ३१, आइतबार
बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा
२०८३ श्रावण ३१, आइतबार
इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा
२०८३ श्रावण ३१, आइतबार
टप एण्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टिमको बिदाइ
२०८३ श्रावण ३१, आइतबार
खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
२०८३ श्रावण ३१, आइतबार
कांग्रेस संस्थापन इतर पक्षले आयोजना गरेको तीन दिने राष्ट्रिय सम्मेलन सम्पन्न
२०८३ श्रावण ३१, आइतबार