कार्तिक २४, २०८३ मंगलबार November 10, 2026

नागपञ्चमी, गुरही र गुडिया पर्वले सामाजिक सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशको विविधतायुक्त सांस्कृतिक पहिचानलाई समृद्ध बनाउन मौलिक पर्वहरूको महत्वपूर्ण योगदान रहेको उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नागपञ्चमी, गुरही तथा गुडिया पर्वले सामाजिक सद्भाव, आपसी सम्मान र एकतालाई बलियो बनाउने बताएका छन्।

नागपञ्चमी तथा थारू समुदायले मनाउने गुरही र मधेसी समुदायको गुडिया पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशको विविधतायुक्त सांस्कृतिक पहिचानलाई समृद्ध बनाउन मौलिक पर्वहरूको महत्वपूर्ण योगदान रहेको उल्लेख गरेका हुन्।

मुख्यमन्त्री आचार्यले नागपञ्चमी प्रकृति, संस्कृति र परम्परासँग जोडिएको पर्व भएको बताउँदै यसले नागदेवताको पूजाआराधनासँगै प्रकृति, पर्यावरण र जीवजन्तुप्रति सम्मान तथा संरक्षणको भावना विकास गर्न प्रेरणा दिने उल्लेख गरे। उनले नागपञ्चमीले मानव र प्रकृतिबीचको सम्बन्धलाई सुदृढ बनाउँदै प्राकृतिक सम्पदाको संरक्षण र सहअस्तित्वको सन्देश दिने बताएका छन्।

त्यसैगरी, थारू समुदायले परम्परागत रूपमा मनाउँदै आएको गुरही पर्वले समुदायको मौलिक संस्कृति, सामाजिक एकता र आपसी सद्भावलाई अभिव्यक्त गर्ने मुख्यमन्त्री आचार्यको भनाइ छ। वर्षायाममा लाग्ने रोगव्याधि तथा नकारात्मक प्रभावबाट मुक्ति मिलोस् भन्ने कामनासहित मनाइने गुरही पर्वले प्रकृति र समुदायको सुख, शान्ति तथा समृद्धिको कामना गर्ने सांस्कृतिक महत्व बोकेको उनले उल्लेख गरेका छन्।

लुम्बिनी प्रदेश बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण रहेको बताउँदै यहाँ मनाइने विभिन्न पर्वले आपसी सम्मान, सहिष्णुता, सद्भाव र एकतालाई थप बलियो बनाउँदै आएको मुख्यमन्त्री आचार्यले बताएका छन्। उनले मौलिक संस्कृति, परम्परा र पर्वहरूको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नु सबैको साझा दायित्व भएको उल्लेख गरेका छन्। यस्ता पर्वहरूले सामाजिक एकता र राष्ट्रिय भावनालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने उनले बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मौसम : हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २४, मंगलबार
भ्रष्टाचार गरेर देश डुबाउने र आन्दोलनका नाममा देश जलाउने दुवै जनताका शत्रु हुन् : प्रेम सुवाल
२०८३ कार्तिक २४, मंगलबार
देउसी-भैलोलाई अनुशासित रुपमा सञ्चालन गर्न गृह मन्त्रालयको निर्देशन
२०८३ कार्तिक २३, सोमबार
परराष्ट्रमन्त्री र इथियोपियाका विदेशमन्त्रीबिच द्विपक्षीय भेटवार्ता
२०८३ कार्तिक २३, सोमबार
एनपीएलमा काठमाडौं गोर्खाजको तेस्रो जित, लुम्बिनीको अपराजित यात्रा समाप्त
२०८३ कार्तिक २३, सोमबार
छ सयभन्दा बढी गाईको सामूहिक पूजा
२०८३ कार्तिक २३, सोमबार
घोप्टेभिरको पहिरो पन्छाएर दुईतर्फी यातायात सञ्चालन
२०८३ कार्तिक २३, सोमबार