भाद्र ३, २०८३ बुधबार August 19, 2026

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

प्रस्तावको पक्षमा ३१ मत विपक्षमा १५

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। बुधबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत लिएका हुन्।

मुख्यमन्त्री भट्टले प्रस्तुत गरेको विश्वासको मतको प्रस्तावको पक्षमा ३१ मत खसेको सभामुख भीमबहादुर भण्डारीले घोषणा गरे।

विपक्षमा १५ मत खसेको छ। मत विभाजनमा ४६ सांसद सहभागी भएका थिए। २९ साउनमा नेकपा संसदीय दलका नेता भट्ट एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।

सुदूरपश्चिम प्रदेश सभामा नेकपाका २२ (सभामुख र निलम्बनसहित) र नेकपा एमालेका ११ सांसद छन्। ५३ प्रदेश सभा सदस्य रहेको प्रदेश सभामा नेपाली कांग्रेसका १७ र राप्रपाका १ सांसद छन्। २ प्रदेशसभा रिक्त छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मन्त्रिपरिषद् बैठकबाट ११ वटा प्रमुख निर्णय सार्वजनिक (सूचीसहित)
२०८३ भाद्र ३, बुधबार
प्रतिनिधिसभा बैठकमा सांसदहरुद्वारा बाढीपीडितलाई राहत र खेलक्षेत्रको सुधार गर्न आग्रह
२०८३ भाद्र ३, बुधबार
दलको विधान संशोधन गर्दै रास्वपा
२०८३ भाद्र ३, बुधबार
प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता (तश्वीरमा हेर्नुहोस्)
२०८३ भाद्र ३, बुधबार
सय वटा काम गर्दा चार पाँचवटा काममा प्रश्नहरू आउनु स्वाभाविक : रवि लामिछाने
२०८३ भाद्र ३, बुधबार
इरानसँग तत्काल वार्ताको कुनै योजना नभएको ट्रम्पको खुलासा
२०८३ भाद्र ३, बुधबार
रास्वपा सांसदले छठ पछाडी पिटाई खाने अमरेश सिंहको दाबी
२०८३ भाद्र ३, बुधबार